समाचार

सामाजिक सन्जालमा २ भाइरल तस्बिर

काठमाडौ। टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला र रवि लामिछानेका तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । दुवै तस्विरमा तीजको अवसरमा लिइएका हुन् । लामिछानेले राखेको तस्विरमा उनले आफ्नी श्रीमती निकिता पौडेललाई दहि खुवाइरहेका छन् । सामान्यतया हिन्दु महिलाहरु तिजमा श्रीमानको लामो आयूको लागि पानी समेत नखाइकन ब्रत बस्ने गरेका छन् । बेलुका पूजा आजा गरेपछि श्रीमानको हातबाट केही खानेकुरा खाएर ब्रत समाप्त गर्दछन् । त्यही सन्दर्भमा रवि लामिछाने र निकिता पौडेलको तस्विर आएको हो ।

त्यस्तै अर्का टेलिभिजन प्रस्तुता ऋषी धमलाले आफ्नी धर्मपत्नीले खुट्टा ढोगेको र खुट्टाको पानी खाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । धमलाको श्रीमती एजिला गौतमको फेसबुक एकान्टबाट सार्वजनिक भएका तस्विरमा एक भिडियो पनि राखिएको छ ।

बेला बेलामा विवादमा आइरहेने लामिछाने फेरी विवादमा तानिएका छन् । कुनै समय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ‘उल्लु प्रश्न’ सोधेर विवादमा आएका धमला फेरी आफ्नै श्रीमतीलाई खुट्टाको पानी खुवाएर विवादमा आएका छन् ।

हरितालिका चिजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भेटिएको छ ।त्यति मात्रै होइन उनले पत्निलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो समेत भेटिएको छ । धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् ।

गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ ।कतिपयले भने धमलाको पारिवारिक मामला भएकाले उनले जे सुकै गरु्न भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

Related Articles

Back to top button
Close