Friday, February 28

डाक्टरकी छोरी एमबीए अध्ययनरत छात्रा कारको डिक्की भित्र मृत अवस्थामा फेला

January 19, 2020 932

काठमाडौं । एक भारतीय मुलकी युवतीमो अमेरिकामा मृत्यु भएको छ । विगत १८ दिनदेखि हराइरहेकी भारतीय–अमेरिकी विद्यार्थीको श व उनको कारको डिक्कीमा फेला परेको छ । जनवरी १३ मा ३४ बर्षीय सुरिल डाबावालाको श व शिकागोको वेस्ट गारफिल्ड पार्कबाट फेला पारेको प्रहरीले जानकारी दिएको छ । श रीर कम्बलमा बेरिएको अवस्थामा डिक्कीमा राखिएको थियो । सुरिल शिकागोको लोयोला कलेजमा एमबीएकी विद्यार्थी थिइन् । उनी डिसेम्बर ३० देखि घरबाट हराइरहेकी थिइन ।

सुशीलका बुबा अशरफ डाबावाला स्चमबर्ग क्षेत्रमा एक प्रसिद्ध चिकित्सक हुन् । उनको परिवार मूलतः गुजरातको हो । सुरील बे पत्ता भएपछि परिवारले भेट्टाउनेलाई करीव १ करोड भन्दा धेरै इनाम दिने घोषणा गरेका दिए । सुरीलका बुबाका अनुसार उनी डिसेम्बर ३० मा जिम जान भनेर घर छोडेकी थिइन । सुरिललाई अन्तिम पटक कार चलाउँदै गरेको देखिएको थियो ।

सुरील धेरै दिनसम्म नभेटिएपछि परिवारले एक निजी जा सूसको सहयोग दर्ता गरे । जब उनले पुलिस र सुरिलको परिवारको उपस्थितिमा कार खोले, त्यसमा कम्बलमा बेरिएको अवस्थामा सुरीलको ला श भेटियो । पुलिसले पो स्टमा र्टम रिपोर्टमा सुरीलको मृत्युको कारण पत्ता लगाउन नसकेको बताएको छ । शिकागो प्रहरीहरू अब वैज्ञानिक रिपोर्टको पर्खाइमा छन् । यो आइपुग्न को लागी एक महिना लाग्न सक्छ ।

Loading...

प्रतिकृया दिनुहोस्