समाचार

जगदम्बा स्टिलका ११ कोरोना संक्रमितमध्ये कता बेपत्ता भए ६ जना ? जगदम्बा स्टिल प्रालि पूर्ण रुपमा सिल

वीरगञ्ज । बाराबाट ६ वजना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत उनीहरु साउन २५ गते उद्योगमा कार्यरत रहेको र त्यसपछि कोरोनाको रिर्पोट पोजेटिभ आए लगत्तै सम्र्कविहिन बनेका छन् ।

तस्विर सौजन्य बाराका प्रजिअ रुद्रप्रसाद पण्डित
जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण दुई दिनभित्र सार्वजनिक गर्न जगदम्बा स्टिललाई निर्देशन दिएको छ ।

हाल जगदम्बा स्टिललाई पूर्ण रुपमा सिल गरेर कन्ट्रायक ट्रेसिगंका आधारमा स्वाब परिक्षण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारी मध्ये १ सय २३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको र पोजेटिभ आएकाहरुमध्ये ६ जना सम्र्पकबाहिर रहेका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार प्रशासनले निषेधाज्ञा अवधिभर भारतबाट तत्कालका लागि वीरगञ्ज भन्सार हुँदै ढुवानी भई आउने कच्चा सामाग्रीहरुमा पनि रोक लगाएको छ ।

Related Articles

Back to top button
Close