समाचार

आजै रातिदेखि लागू हुने गरी एक साताका लागि क’र्फ्यु घोषणा

धनकुटा, २९साउन । धनकुटा नगरपालिकाका ६ वटा वडामा बिहीबार रातिदेखि लागू हुने गरी एक साताका लागि निषेधा’ज्ञा घो’षणा भएको छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले निषे’धाज्ञा घो’षणा गर्ने निर्णय गरेको हो । संक्रा’मण रोग ऐन, २०२० बमोजिम आवत–जावतमा प्रतिब’न्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्म निषे’धित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताए ।

धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठसहितका व्यक्तिमा को’रोना संक्र’मण पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक ट्रेसिङमा धेरै व्यक्ति परेकाले निषेधि’त क्षेत्र घो’षणा गरेर स्वाब संकलन गर्न लागिएको छ । स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवत–जावतमा प्रति’बन्ध लगाउन निषे’धित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।निषे’धित क्षेत्र घोषणा गरिएको अवधिमा सो क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवत–जावत गर्न पूर्ण रोक लगाइनेछ ।

दुई सयभन्दा बढी स’क्रिय संक्र’मित भएका जिल्लाका मानिसलाई धनकुटामा आवागमनमा रो’क लगाउनेसमेत बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए ।प्रदेश सांसद श्रेष्ठ र उनको श्रीमान्सहित अहिलेसम्म धनकुटामा १९ जनामा को’रोना भाइ’रसको सं’क्रमण देखिएको छ । यता धनकुटा नगरपालिकाले पनि अत्यावश्यक सेवाबाहेकका सबै सेवा एक हप्ताको लागि ब’न्द गर्ने निर्णय गरेको छ ।

धनकुटा नगरपालिका को’रोना संकट व्यवस्थापन समितिको आक’स्मिक सम्पन्न बैठकले कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा सेवा केन्द्रहरूबाट प्रवाह गरिने सेवाहरू एक हप्ताका लागि ब’न्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए । सो समयमा सार्वजनिक भेला, भोजभतेर, गोष्ठी, बैठक, चाड मनाउनेजस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न नगरवासीमा अनु’रोध गरिएको छ ।

Related Articles

Back to top button
Close