समाचार

दुखद खबर: नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

काठमाडौं, साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट जयन गुमाउनेको संख्या ९५ पुगेको जानकारी दिए ।

पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि बढ्दा नागरिकमा त्रास फैलिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ९ जना जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ८ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close