Tuesday, February 18

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले पाए सफाई

January 19, 2020 228

चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन सम्बन्धी मुद्दामा बहस सकिएको छ ।

जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि दुबैजनालाइ वेकसु भन्दै अदालत सफाइ दिएको सिधाकुरा जनतासंग कार्यक्रमका प्रोड्युसर दिपक बोहोराले फेसबुकमा लेखेका छन ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आ त्महत्या प्रक रणमा दुरुत्सा हन गरेको आरोपमा प क्राउ गरिएको थियो ।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

Loading...

प्रतिकृया दिनुहोस्