समाचार

बैंक लु*टेरा चिनियाँ गि*राेहलाई भेट्न राति नै पुगे दूतावासका कर्मचारी

काठमाडौं । नेपाली बैंकको एटीएम बुथको स्विच ह्या*क गरी चो*री गर्ने गि*रोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ। पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्या*करका गि*रोहलाई भेट्न महानगरिय प्रहरी परिसर काठमाडौं पुगेका थिए।सुवेदीलाई भेटेर फिङसाओलिनले ती गि*रोहले आफ्नो देशको बे*इज्जत गरेको भन्दै राम्रोसँग अ*नुसन्धान गरिदिन आ*ग्रह गरेको समाचार नागरिक दैनिकमा छ ।

‘हामीले ती गि*रोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका (फ्रष्ट सेक्रेटरी) फिङसाओलिन आउनु भएको थियो’ प्रहरी स्रोतले भन्यो।करिब डेढ घण्टा बसेका दुतावासका कर्मचारीहरुले परिसरका प्रमुख उत्तम सुवेदी लाई समेत भेटेका थिए। प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केही बेर कुराकानी गरे, हामीले बुझेनौं। ’ उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ। सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन।

Related Articles

Back to top button
Close