समाचार

चाहिने बेला लकडाउन छैन, नचाहिने बेलामा लकडाउन गरेर सरकारले गल्ती गर्यो : डा भोला रिजाल

काठमाडौं, साउन २६ । बरिष्ठ चिकित्सक डा भोला रिजालले सरकारले नचाहिने बेलामा लकडाउन गरेर चाहिने बेलामा खुकुलो पारेका कारण कोरोना संक्रमितको दर बढेको बताएका छन् ।

एक रेडियो अन्तरवार्ताका क्रममा डा रिजालले दिनकै कैयौँ संक्रमित भेटीएका बेला सरकारले कर उठाउनका लागि भन्दै लकडाउन नगरी पैसा उठाउन खोजेका कारण संक्रमितको संख्या बढेको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्यकर्मीहरूलाई यो कोभिडको बेलामा मात्र होइन अरू बेलामा पनि सम्झिएर उनीहरूलाई धन्यवाद दिएर मनोबल बढाउनको लागि सबै एक भएर लड्ने साहस दिन समस्त नेपाली समक्ष आग्रह गरेका छन् ।

न्यूजल्याण्ड लगायतका देशले कोरोनालाई परास्त गर्न सफल भएका बेला हामीकहाँ बढ्नुले थप त्रास थपेको भएता पनि छिट्टै देश कोरोना मुक्त भएको सुन्न पाइयोस् उनले भने ।

Related Articles

Back to top button
Close