समाचार

तिजकै दिन नायिका सम्राज्ञी तेस्रो लिंगीसंग के गर्दैछिन ? शिल्फी खिच्नेको तछाडमछाड (हेर्नुस भिडियो)

शुक्रबारबाट प्रदर्शनमा आएको नवल नेपाल निर्देशित पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘मारुनी’ ले हलमा दर्शकको खासै राम्रो साथ पाउन सकेको छैन । एकसाथ प्रदर्शनमा आएको साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले यो फिल्मको व्यापारमा ठूलो असर गरेको छ ।

यद्यपि, फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । समीक्षक र दर्शक दुबैले फिल्मको तारिफ गरेका छन् । पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा वाचन गर्ने यो फिल्म सेलिब्रेटीलाई पनि निकै मन परेको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्रको मेरुदण्ड हुन् । उनले, पहिलो पटक आफूलाई फरक भूमिकामा ढालेकी छिन् । उनको काम गज्जबको छ । निर्माणपक्षले यो चलचित्रका लागि उनलाई १५ लाख रुपैयाँ पारिश्रमिक दिएको थियो ।

साम्राज्ञी आफैले पनि पहिलो पटक आफूलाई यति राम्रो प्रतिक्रिया आएको बताइसकेकी छिन् । साम्राज्ञीले सिंगो चलचित्र नै धानेकी छिन् । उनको प्रवेशसँगै चलचित्रको कथावस्तु मोडिएको छ ।

यसै चलचित्रको प्रमोसनका लागि साम्राज्ञी तेस्रो लिंगीको तिज कार्यक्रममा पुगेकी छिन । साम्राज्ञीलाई तेस्रोलिंगीको उक्त कार्यक्रममा भब्य स्वागत गरेको थियो । आफ्नो जीवन कथामा आधारित चलचित्र निर्माण गरेको कारण उनलाई उक्त कार्यक्रममा तस्रो लिंगीहरुले भब्य स्वागत गरेका हुन् ।

बाकी भिडियोमा हेर्नुस :

Related Articles

Back to top button
Close