समाचार

गोंगबुमा सुटकेशमा भेटिएको श’वको पहिचान खुल्यो

काठमाडौं । गोंगबुमा शरिर र टा-उको फरक फरक ठाउँमा फेला परेका पुरुषको पहिचान खुलेको छ । उनी दाङका कृष्णबहादुर बोहरा भएको प्रहरी अनुसन्धानवाट खुलेको हो । घटना भएको दुई दिन वितिसक्दा पनि श-वको पहिचान खुल्न नसक्दा प्रहरीले तस्बिर सार्वजनिक गर्दै आफन्तलाई सम्पर्कका लागि आग्रह गरेको थियो ।

श-वको सनाखत हुन नसक्दा थप अनुसन्धानो काम प्रभावित भएपछि मिडियाको सहयोगमा प्रहरीले श-वको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक भएपछि श-व बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने मजदुर रहेको पनि प्रहरी अनुसन्धानवाट खुलेको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । आइतबार गोंगबु चोकनजिकै सु-टकेशभित्र टा उको र खु-ट्टाविनाको श-व भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टा-उको र खु-ट्टा भे-टेको थियो ।

आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा र-गतले लतपतिएको सु-टकेश फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अवस्था हेर्दा सुटकेश भित्र श-व रहेको अनुमान लगाएको भएपनि कुकुरको सहायता लिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अ-पराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरुले घटनास्थल पुगेर अनुसन्धान थालेका थिए ।

फरेन्सिक विज्ञ र केन्द्रीय कुकुर तालिम केन्द्रका टोलीलाई पनि त्यहाँ बोलाएर प्रहरीले अनुसन्धान सुरु गरेको हो । सुरुमा सुटकेश खोल्दा त्यसमा टा-उको र खुट्टा नभएको मानव श-रिर देखिएको थियो । टा-उको नभएपछि अनुसन्धान गर्न र ब्यक्ति पहिचान गर्न कठिन हुने भएकाले प्रहरी टाउकाको खोजिमा लाग्यो ।

यो पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुरको सहारा लिएको थियो । प्रहरीले यो कुकुर ०७४ सालमा बेलारुसबाटविशेष घटनाको अनुसन्धानका लागि खरिद गरेको थियो ।सु-टकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला थियो । त्यहाँ टा-उको फेला परेको थियो ।

प्रहरीले यो बयानलाई पनि केन्द्रमा राखेर क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गरिरहेको छ । तर रातको समय र पानी परिरहेका बेला भएकाले सीसी टीभी फुटेजको विश्लेषण पनि सहज छैन ।प्रारम्भिक अनुसन्धानमा श-व भेटिएको स्थानमा ह त्या भ’एको सम्भवना कम रहेको अधिकृतहरु बताउँछन् । ‘अन्त कतै ह त्या गरेर यहाँ फ्या’लिएको हुनसक्छ’, स्रोत भन्छ, ‘जुन प्रकृतिले सु’टकेश र झो’लामा श व राखिएको छ, यो व्यवस्थापन गर्न यहाँ ल्याइएको जस्तो देखिएको छ ।’

अ’पराधमा संलग्न व्यक्तिहरुले घना वस्तीमा श-व फ्या’लेकाले यसमा व्यवसायिक अ-पराधीको संलग्नता हुनसक्ने सम्भवना भने कम छ । फेरि टा-उको पनि नजिकै भेटिनुले यो आ’शंकालाई थप बल पुर्‍याएको छ ।

यो पनि : जनकपुरधामका मृतकमा कोरोना पुष्टि

जनकपुरधाममा आइतबार निधन भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा निधन भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याउने बित्तिकै उनको निधन भएको थियो । उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ ।

त्यसैगरी काब्या हस्पिटलमा निधन भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।

यो पनि : बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उनलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्किएका थियो ।

उनि आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा छन् तर मजदुरीको काम पाएका छैनन् । “कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएँ, कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने”, दुःखेसो गर्दै उनले भने, “आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन ।” गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाइ गर्ने आफ्नो पुख्र्याैली पेशा भए पनि सिलाइ मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताए ।

दिल्लीबाट फर्किनुभएका कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए । “काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ”, कठायतले भने, “भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो ।”

कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले सुनाए । कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै सुदूरपश्चिमवासीले अहिले बेरोजगारको समस्या झेलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत हो तर कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन् । यो प्रदेशबाट झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी भारतका विभिन्न शहरमा काम गरिरहेको अनुमान छ । भारतका विभिन्न शहरमा होटल, सुरक्षा, यातायात र निजी कम्पनीमा बढी सङ्ख्यामा नेपाली कार्यरत रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएको बताउछन् । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको छ । यद्यपि सरकारले बेरोजगार युवाका लागि ल्याएको कृषि कार्यक्रमका बारेमा यी युवा अनभिज्ञता प्रकट गर्दछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताउछन् । यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी मन्त्रालयले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

यसका लागि मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरणसमेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रदेश सरकारले चालु आव ०७७÷७८ मा प्रस्तुत गरेको बजेट नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रभावित नागरिकलाई राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थानमा टेवा पुर्याउने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

यस्तै रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र अर्थतन्त्र गतिशील बनाउने जस्ता क्रियाकलाप सञ्चालनमा समेत बजेटले प्राथमिकता दिएको छ ।

Related Articles

Back to top button
Close