समाचार

सोमवार थपिएका संक्रमितमा सबैभन्दा बढी बाँकेका त्यस पछि काठमाडौंमा, निधन हुने चार जना (विस्तृत विवरण)

काठमाडौं । सोमवार थपिएका ३३८ जना कोरोना संक्रमितमा सबैभन्दा बढी बाँकेका छन् । बाँके पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा काठमाडौं आएको छ । बाँकेमा ६३ जना संक्रमित थपिएका छन् भने काठमाडौमा सोमवार ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको निधन भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा निधन भएको हो भने दुई जनामा निधनपछि कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको छ ।कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी निमोनिया र मधुमेहका विरामी थिए । साउन १५ गते अस्पताल भर्ना गरिएका उनको सोमवार विहान निधन भएको हो ।

यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार निधन भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । शनिबार निधन भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

सोमवार ३३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५र१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना पुष्टि भएको छ ।

कैलाली र सल्यानका ७र७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४र४ जना, महोत्तरी, बारा र गोरखाका ३, ३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २र२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close