समाचार

दुःखी जनता अरबको खाडीमा, मन्त्रीहरू करोडको गाडीमा ! विरोध स्वरुप १ शेयर गरौं

देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । व्यापार घाटा वर्षेनी चुलिँदो छ । तर सरकारका प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको भाषण दिनमै मस्त छन् । समृद्धि कसरी आउँछ र कसरी ल्याउने भन्ने विषयमा चर्चा परिचर्चा उनको रुचीमा छैन । फगत समृद्धि शब्दको एक सूत्रीय रटानमा उनी आजपर्यन्त मग्न छन् ।

समृद्धिपछि सरकारले भट्याउने अर्को शब्द सुशासन हो । तर सुशासनका संकेत र सूचांकहरूमा सरकारले देखिन लायक केही गरेको महशुस हुँदैन । बरू ओली सरकारको मन्त्रीमण्डलमा सहभागि मन्त्रीहरू विलासी गाडी चढेर सुशासन शब्दकै मजाक उडाइरहेका छन् । किनकी सरकारका प्रायः मन्त्रीहरू चढ्ने गाडी एक करोड घटीका छैनन् ।

सर्सती हेरौं हाम्रा मन्त्रीहरू चढ्ने गाडीः

– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी चढ्छन्, जसको मूल्य दुई करोडभन्दा बढी रहेको छ ।

– अर्थमन्त्री डा. युवराज खतिवडा सवा करोड पर्ने निशान कम्पनीको एक्सट्रेल गाडी चढ्छन् ।

– गृह मन्त्री रामबहादुर थापा ‘बादल’ मित्सुबिसी कम्पनीको पजेरो गाडी चढ्छन्, जसको मूल्य डेढ करोडभन्दा बढी पर्दछ ।

– सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा दुई करोड मूल्य पर्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी चढ्छन् ।

– स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चढ्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी मूल्य दुई करोडभन्दा बढी मूल्यकै छ ।

– उर्जामन्त्री वर्षमान पुन ९३ लाख पर्ने हुन्डाई कम्पनीको टक्सन गाडी चढ्छन् ।

– शिक्षा मन्त्री गिरिराजमणी पोखरेल महिन्द्रा कम्पनीको एक्ययुभी ५०० मोडलको गाडी चढ्छन्, जसको मूल्य ७८ लाख पर्दछ ।

– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव टाटा कम्पनीको स्ट्रोम गाडी चढ्छन् । यसको मूल्य ६० लाख पर्दछ ।

– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ल्याण्डक्रुजरको प्राडो गाडी चढ्छन्, जस्को मूल्य २ करोड रहेको छ ।

– सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई फोर्ड कम्पनीको इन्डेभर गाडी चढ्छन । मन्त्री चढ्ने यो गाडीको मूल्य १ करोड ६ लाख रहेको छ ।

– अघिल्लो कार्यकालमा सादगीपूर्ण जीवन जिउने मन्त्रीको चिनारी बनाएका वर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अहिले १ करोड पर्ने फोर्ड कम्पनीको इन्डेभर गाडी चढ्छन् ।

– युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा हुन्डाई कम्पनीको क्रेटा गाडी चढ्छन् । यो गाडीको मूल्य ६२ लाख ५६ हजार रहेको छ ।

– कानुनमन्त्री भानुभक्त ढकाल २ करोड मूल्य पर्ने ल्यान्डक्रुजर कम्पनीको प्राडो गाडी चढ्छन् ।

– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल फोर्ड कम्पनीको इन्डेभर गाडी चढ्छन् । यो गाडीको मूल्य १ करोड २९ लाख पर्दछ ।

– खानेपानी तथा सरसफाई मन्त्री बिना मगर २ करोड मूल्य पर्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी चढ्छिन् ।

यसरी हेर्दा मन्त्रीहरूलाई राज्यले ल्याण्डक्रुजर, प्राडो, पजेरो, स्कार्पियोजस्ता महंगो ब्राण्डका गाडीहरू उपलब्ध गराएको देखिन्छ । सस्तो गाडी चढ्ने भनिएका मन्त्रीहरूले पनि टाटाको ‘स्ट्रोम’ र हुण्डाईको ‘क्रेटा’जस्ता गाडीहरू प्रयोग गर्छन्, जसको मूल्य आधा करोडभन्दा बढी पर्छ ।

सुशासन र मितव्ययीताको कुरा गर्ने सरकारले मन्त्रीहरूलाई उपलब्ध गराएको गाडी आवश्यकता हो कि विलासिताको लागि ? समृद्धि मन्त्रिमण्डलका सदस्यहरूले देखाउने रवाफमा मात्रै प्रकट हुने हो कि जनताको जीवनमा पनि आउँछ ? प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

र यो पनि पढ्नुहोस्

यातायात मन्त्रीको गाडी खोलामा डुब्यो !
(स्याङ्जा) — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा आएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको थियो ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ स्थित दरौखोलामा पल्टिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी निकाल्ने प्रयास हुँदै ।
पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै गर्दा गाडीभासिएको हो । बा २ झ ४०२९ नम्बरको कालो रंगको गाडी पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए ।

खोलामा पल्टिएका मन्त्रीलाई पनि सुरक्षाकर्मीले गाडीबाट निकालेका थिए । मन्त्रीलगायत गाडीमा सवार सवैजना पानीका रजेको स्थानीयले बताएका छन् । गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको छ । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर ल्याइएको थियो ।

Related Articles

Back to top button
Close