समाचार

शनिबार ५ जना मात्रै संक्रमित फेला परेको काठमाडौँमा आज फेरी डरलाग्ने गरी बढे कोरोना संक्रमित, काठमाडौँ उच्च जोखिममा

काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए। जसमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्।

त्यस्तै नेपालमा आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए । ति महिलाको नारायणी बयोधा अस्पतालमा उपचार गरेर नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ । स्

वास्थ्य मनत्रालयका अनुसार यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । यसअघि पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो

Related Articles

Back to top button
Close