Tuesday, February 18

मिटर ब्याजकै कारण विनयको परिवारले त्रिशुलीमा होलीए, दिदीले गरिन् पर्दाफास ( भिडियोसहित)

January 19, 2020 588

छोटो समयमा धेरै आर्थिक लाभ कमाउने लोभ गर्दा यहाँ कैयौँ परिवार लागि बिलापमा रुमल्लिएका छन् ।गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । धेरै लगानीकर्ताका घर सम्पत्ति मिटर ब्याजका कारण सखाप पनि हुन थालेको छ ।

बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी रकम डुब्ने देखिएपछि कैयौँको घरबार बिलचल्ली भएको छ भने सो कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष दिनहुँ जिल्ला प्रहरी कार्यालय धाउने गरेका छन् ।

मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घरसमेत छोडेर सम्पर्कविहीन हुनुपरेको एक पीडितको दुःखेसो थियो ।मिटर ब्याजमा लगानी गर्नेलाई बढीमा मासिक रु दश प्रतिशतसम्म ब्याज दिइने गरिएको बताइन्छ । यसको कारोबारमा मजदुर वर्गदेखि लिएर सम्पन्न परिवारका व्यक्ति संलग्न छन् ।

मिटर ब्याजको आं’तक बढेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । मिटर ब्याजमै फसेर चन्द्रागिरी गरपालिकाका विनय श्रेष्ठले सपरिवार त्रिशुली नदीमा हा’मफा’लेका थिए । विनयको उद्दार गरिएपनि पत्नी जमुना रेग्मीको निधन भएको छ भने दुई नाबालक छोरा बे पत्ता छन् ।

मिटर ब्याजका नाममा दिने गरेको त’ना’बको कारण विनयले सपरिवार देहत्यागको बाटो रोजेको भन्दै झापाको दमककी श्रद्धा लिम्बूले मिटर ब्याजको नाममा भइरहेको आं’तक रोक्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । पत्रकार भेटघाट कार्यक्रम गरी उनले छोटो समयमा धेरै पैसा कमाउने लक्ष्यका साथ ठूलो समूह मिटर ब्याजको कारोबार गरी रहेको दाबी गरिन् ।

मिटर ब्याजको नाममा करोडौं रुपैयाँसमेत विना धितो रकम दिने गरेको उनले भनाई छ । ज्या न नै धितो राखेर मिटर ब्याजको चलखेल भइरहँदा प्रहरी प्रशासन ग म्भिर नबनेको भन्दै उनले चिन्ता प्रकट गरिन् । मिटर ब्याजको कारण सम्बन्ध विच्छेद, देहत्याग,घरवार छोडर फ’रार बन्नु पर्ने स्थिति आएको उनले बताइन् । उनले मिटर ब्याजको कारोवारीलाई नियन्त्रण गर्न नसके ठूलो स.कट उत्पन्न हुने ख’तरारहेको उनले बताइन् ।

‘यो पढ्नु होला’ शीर्षकमा हरियो अक्षरमा लेखिएको नोटमा परिवार नै मा स्नु’परेको कारण उल्लेख गरेका छन् । गएको वर्षदेखि व्यापार निकै ख’स्केको, सापटी लिएका मानिसले फोन गरेर च’र्को मा’नसिक त नाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि सापटी र ऋण तिर्न नसक्ने अवस्था आएकाले श्रीमती र छोराहरूसहित परिवारले नै मृ त्युवरण गर्ने निर्णय गरेको उनले नो’टमा लेखेका छन् ।

धादिङको बेनीघाटस्थित सिउरेनीटार जोड्ने पुलमुनिबाट ६ महिनाका छोरा रिजनलाई श्रीमती र दुईवर्षे विजनलाई विनय आफैंले काखमा लिएर न’डु’बुन्जेल त्रिशूलीमा हे लिएका थिए । संयोगले विनयलाई जलयात्रा गर्ने समूहले जी वितै उ’द्धार गर्‍यो । तर जमुना दुई छोरासहित बे पत्ता भइन् ।

स्थानीयका अनुसार विनयको परिवार करिब पौने ७ बजे त्रिशूलीमा हे’लिएको अनुमान छ । नदीमा पस्नुअघि जमुनाले त्रिशूली किनारमा छाडेका झोलामा दुइटा मोबाइल र चाँदीका दुइटा बाला फेला परेका छन् ।

चिया पिएको होटल तलबाट सिउरेनीटार जाने झोलुंगे पुल तरेर गोरखातर्फको विगफिग रिसोर्ट किनार हुँदै विनय दम्पती लागेका थिए । रिसोर्ट नजिकैको किनारबाट त्रिशूलीमा पसेर बगेको देखेपछि झोलुंगे पुल तर्न लागेका स्थानीय कराएका थिए । तत्कालै विगफिग रिसोर्टबाट राजेन्द्र श्रेष्ठ उद्धार सामग्री लिएर त्रिशूली नदी पुगे । त्यतिबेलासम्म जमुना २ छोरासहित नदीमा हरा’इसकेकी थिइन् । विनयलाई भने पानी पिएको अवस्थामा उद्धार गरिएको हो ।

मिटर ब्याज के हो ?

यो कसरी फष्टाएको छ इलाम लगायत नेपालको विभिन्न शहरमा ? यसको असर के के हुन सक्छ ? लधुवित्त सहकारी संस्था ले गरेका राम्रा पक्षहरु अनि देखिएको समस्याहरु र त्यसको निराकरण के ? विगत धेरै दिनबाट मैले नजिकै बाटै नियाल्दा देखेको कमी कमजोरीहरु लाई केलाएर तपाईहरु माझ प्रस्तुत गर्न लागेको छु ।

तथापी त्यस्तो घटना कसरी हुन गयो ? भन्ने कुरो चाहि एकदमै सनसनीपूर्ण रुपले अहिले फैलिएको छ । बजारमा कसैसँग धितो राखेरै पनि सहज रुपले रिन पाउन गाह्रो छ । तर, मिटरब्याजको तौर तरिकाले भने बिना धितो र कागजात नगरीकन नै कर्जा लेनदेन भने फष्टाएको छ ।

यो मिटर ब्याज भनेको केहो ? यस’को थोरै चर्चा गरौँ । मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रकृया हो । यस प्रकृया अन्तर्गत कर्जा लिने ले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सात देखि दशहजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने देखियो ।

जब कि धितो राखेर कागजात गर्दा सयकडा तीनले (३–५ %) मात्रै ब्याज पाईन्छ । यो हिसाबले धितो राख्दा मासिक तीन देखि पाँचहजार मात्रै ब्याज पाईन्छ ।

मिटर ब्याज र साधारण ब्याज को यो दुरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने भएपछि केही पैसा हुनेहरु वा अरु कतैबाट कर्जा लिएर भएपनि मिटरब्याज खान लाई मानिसहरु हौसिएर फसेको देखिन्छ । यसरी मिटर ब्याजमा पैसा खानेहरुले केसम्म गरेको देखियो भने लधुबित्तीय सहकारीमा सदस्य बनेका सदस्यहरु कै नाम बाट कर्जा प्रवाह गराएर ऋण लिएको देखिन्छ ।

केही समय अगाडी नेपालको पश्चिम महेन्द्रनगर देखि पूर्वको इलामसम्म यो विनाधितो कर्जा लिने मान्छेहरु घरपरिवार छोडेर हिड्ने देखि लिएर आत्माहत्यासम्म गरेको समाचारहरु मिडियामा आएको थियो ।मिटरब्याजमा कर्जा लिनेले प्राय पहिला थोरै रकम बाट कर्जा लिएर आकर्षक ब्याज दिदै जाने अनि असल कर्जावाल को रुपमा प्रतिस्थापन गरेपछि कर्जाको रकम बढाएर लाने गर्दछ ।

यो मिटरब्याजमा पैसा लिदा कागज गर्ने नपर्ने, सहज रुपले साहु माहाजन को मन जित्न सकिने हुदाँ कर्जा लिनेलाई सजिलो देखिन्छ । उनीहरुले जो कोहीलाई एककान, दुईकान हुन नदिन मैले रिन लिएको कसैलाई नभन्नु । यदि कसैलाई भनेको थाहा भो भने तिम्रो पैसा पाउने छैनाँै भनेर कर्जा दिनेलाई लामो समय सम्म मानसिक चावी लगाउने गरेको पनि पाईयो ।

यता कर्जा दिनेले पनि आफूसँग भएको पैसा आकर्षक ब्याज लिएर घरखर्च धान्ने एउटा व्यवसाय नै जस्तो गरेर पटक पटक कर्जा दिने गरेको देखियो ।तर त्यसरी कर्जा दिदा अबैधानिक हुन्छ, मेरो लगानी डुब्न सक्छ भन्ने सोँचलाई पर राखेर साँवा भन्दा ब्याजको माया भन्ने कथन आत्मासाथ गरेको देखिएको छ ।

हालसालै यो मिटरब्याज ले माथि उल्लेखित परिवार तथा कर्जा दिने ब्यक्तिहरुमा नै एकप्रकार को तनाव भएको कुरो एक भुक्तभोगी ले बताई रहेको छन् ।सबैले यसबेला आफूले दिएको कर्जा वापतको रकम साँवा मात्रै फर्काउन सकिन्छ कि भन्ने सोच पालेर कर्जा लिनेसँग पहल गरिरहेको छ ।

तर अफसोच कर्जा लिनेले त्यो रकम कहाँ लगानी गरयो भन्ने कुरो पनि कतै देखाउन चाहँदैन । घरघरानाबाट असुलउपर गरिनुपर्छ भन्ने कुरो पनि उठान गर्न सकिरहेको छैन ।

यदि कर्जा लिनेले आफ्नो घरजग्गा कसैलाई दृष्टिबन्धक राखिसकेको छ भने त झन ति कर्जा दिनेहरु को बहुत ठूलो बेहाल हुने यो स्तम्भकारले देखिरहेको छ ।अब दोस्रो विषय विनाधितो दिने लधुवित्तिय सहकारी संस्था को फाईदा, बेफाईदा र त्यसको कमजोरी पक्ष तर्फ जाऔँ ।

कुनै पनि लधुवित्तिय सहकारीको सोच नराम्रो छैन । यी संस्थाहरुले गाउँ शहरमा रहेका विपन्न परिवारको गरिवी निवारण गर्न मद्दत होस । तपाईहरु सधैँ अरुको ज्यामी हैन, तपाई आफै ज्यामी बाट मालिक बन्न सक्नुहुन्छ भन्ने एउटा अदृष्य बाटो देखाएको छ । यो एउटा राम्रो पक्ष हो । यिनै सहकारीहरुको लगानी बाट कैयौँ सदस्यहरुले आज समाजमा ज्यामी बाट मालिक बनेको पनि उदाहरण हरु तपाई, हाम्रो छिमेकमा देख्न सक्नु हुन्छ । तर केही सदस्यहरुले ति सहकारी बाट कर्जा लिएर अनुत्पादक काम मा खर्चिएको कारण त्यस्ता सदस्यहरुको घरवार आज विल्लीबाठ भएको देखिन्छ । ’cause त्यस्ता सदस्यहरुले कर्जा लिएर त्यही रकम बाट खाने, लाउने, ओछ्याउने र ओढ्ने गरेको देखिन्छ ।

तथापी कतिपयले त्यसै गरेपनि आफ्नो अन्य आम्दानी बाट ति कर्जाको साँवा ब्याज तिरीरहेको छन् । लधुवित्तिय सहकारीले कर्जा लिने सदस्यहरुको कर्जा सही ठाँउमा लगानी भए नभएको अनुगमन गरेका पनि होलान । हुन सक्छ, गाईबस्तुको लागि कर्जा लिने ले अनुगमनमा आउने लाई अर्काको गोठको गाईबस्तु देखाएर पो छलिरहेको छ कि ? नत्र कर्जावाल हरु किन घरवार त्यागेर हिडेने र आत्माहत्या गर्दैछन ? यो एउटा जटिल प्रश्न रहेको छ ।

यि सरकारी संस्था को अनुगमन टोली हरुले कर्जावालको चलाखीहरु छन कि न्याल्न जरुरी छ । अनि कर्जा लिन चाहने सदस्यको अभिभावक विदेशमा छ भने ति ब्यक्तिसँग प्रत्यक्ष फोन सम्पर्क वा सामाजिक संजालको माध्यम बाटै भएपनि क्रसचेक गरेर निजको परिवार सदस्यको कर्जा निवेदन लाई स्वीकृत गर्ने गर्नुपर्छ कि ?

यसको साथै एउटा ब्यक्तिले एउटा मात्रै सहकारीमा कर्जा लिन पाउने गरी सहकारी संस्थाहरु विच नै एउटा कार्ययोजना बने कुनै पनि सहकारीको सदस्य हरु ले अनावश्यक रुपमा कर्जा लिने बेथिती को अन्त हुन्छ कि ? भन्ने कुरो यो स्तम्भकार को विचार रहेको छ ।

यो सत्यघटना बाट निकालिएको एउटा जल्दोबल्दो समस्या हो । तसर्थ यसप्रकार को समस्या तपाई, हाम्रो घरपरिवार सदस्यहरुमा पनि आईपरेको छ कि ? अथवा आईपर्न सक्छ भन्ने कुरो लाई मध्यनजर गरेर आफ्नो परिवार, छरछिमेकलाई आजै सजक गराऔँ ।

Loading...

प्रतिकृया दिनुहोस्