समाचार

काठमाडौंमा कोरोना आ’तंक: बग्गीखानाका ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टिनमा

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढेको छ । कोरोना फैलन नदिन अग्रणी भूमीका निभाएका सुरक्षाकर्मी यसको चपेटामा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना पुष्टि भएपछि ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार दुई जनालाई कोरोना पुष्टि भएको थियो । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेक–ब्यारेकमै राखिएको र महाशाखामा पूर्णलकडाउन गरिएको छ ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न समेत बन्देज लगाइएको छ । १५ सय ४५ जना जनशक्ति भएको ट्राफिक प्रहरीमध्ये ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन ।

यति धेरै ६ा्फिक प्रहरीलाई क्वारेन्टिनमा राख्नु परेका कारण काममा पनि प्रभाव परेको छ । ट्राफिक ब्यवस्थापनमा प्रभाव परेको प्रहरीले जनाएको छ । अत्याधिक बढी ट्राफिक प्रहरी आवश्यक पर्ने स्थानमा बढाएर कम भएपनि पुग्ने ठाउँवाट संख्या घटाएर ब्यवस्थापन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सार्वजनिक स्थानमा धेरै घुलमिल हुनुपर्ने प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

सुरुमा सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको नमुना संकलन गरि गरिएको परिक्षणमा थप २८ जनामा कोरोना देखिएको हो । उनीहरुको कोरोनाको रिपोर्ट विहिवार सांझ र शुक्रवार विहान आएको हो । ठूलो संख्याका प्रहरी अधिकारीमा कोरोना पुष्टि भएपछि त्रा स बढाएको छ ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् । लकडाउन अन्त्य गरेसंगै बढेको सर्वसाधारणको चहल पहलले कोरोना संक्रमितको संख्या बढाएको छ ।

Related Articles

Back to top button
Close