समाचार

नेपाललाई ध’म्कि दिंदै यस्तो पत्र लेखेपछि भारत पर्यो अप्ठेरोमा

काठमाडौं । नेपाली भूमीमा नेपाललाई नै प्रवेश नदिनु भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका भारतीय अधिकारी अप्ठेरोमा परेका छन् । उनले आफु अप्ठेरोमा परेपछि भारतीय मिडियामा झु’टो कुरा समेत गर्न थालेका छन् ।नेपालको भूभागलाई आफ्नो दा’वी गर्दै दार्चुला जिल्ला प्रशासन कार्यालयमा भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले पत्र पठाएका थिए ।

तर अहिले आफुले नेपाललाई कुनै पत्र नपठाएको भन्दै भारतीय मिडियामा जवाफ दिएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाउनु भनी पत्र पठाएपनि अहिले झु’टो बोलिरहेको प्रतिकृया दिएका छन् । आफुहरु अप्ठेरोमा परेपछि भारतीय अधिकारीले कुरा फेरेको उनको भनाई छ । भारतीय अधिकारीले नेपाललाई कुनै पत्र नपठाएको भन्दै भारतीय मिडियामा भन्न थालेका छन् ।

भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताएका हुन् । भारतले दार्चुला जिल्ला प्रशासन कार्यालयलाई नेपाली भूमीलाई आफ्नो दावी गर्दै पत्र पठाएपछि प्रजिअ अधिकारीले त्यसको जवाफ पठाएका थिए । अहिले सामाजिक सञ्जालमा भारतले नेपाललाई पठाएको पत्र र नेपालले भारतलाई पठाएको पत्र भाइरल भइरहेको छ ।

भारतीय पक्षले चिठी लेखेकै कारण आफुहरुले पनि जवाफ दिएको प्रजिअ अधिकारीको भनाई छ । भारतले अ’तिक्रम’ण गरेको नेपाली भूमिमा प्रवेश गर्न नेपालीलाई प्रतिबन्ध गर्ने गरी पत्राचार गरेपछि दार्चुलाका सहायक सीडीओले भारतको धार्चुलाको इलाका प्रशासनलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अ’वरोध नगर्न भनी जवाफ पठाएका थिए।

भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै त्यस भूभागमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको थियो। त्यस भूभागमा नेपालीहरु लूकिछिपि जाने गरेको र त्यस्ता गतिबिधिबारे सूचना दिन समेत दिन आग्रह गर्दै पत्राचार गरेपछि त्यसको जवाफमा नेपालले पत्र पठाएको थियो।

तर शुक्रबार भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब(डिभिजनल मजिस्ट्रेट ९एसडीएम० लाई उद्धृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएका हुन्। भारतको धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले आफूले नेपाललाई कुनै पत्र नलेखेको भन्दै प्रतिकृया दिएका थिए ।

Related Articles

Back to top button
Close