समाचार

सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गु’ल्म स्थापना !

काठमाडौं । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सि’द्धान्तलाई आत्मासाथ गरेको छ । नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गु’ल्म स्थापना गरेर नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आ’त्मासाथ गरेको छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई आ’त्मासाथ गर्दै २०६० बाट महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको थियो । महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको नेपाली सेनाले पहिलो पटक १४ वर्षपछि विधिवत् रुपमा महिलालाई मात्र समेटेर गोरखकाली गु’ल्म स्था’पना गरेको छ।

मुलुक सं’घीय संरचनामा रु’पान्तरण भएसँगै नेपाली सेनाले पनि स’मावेशीकरणको सिद्धान्तलाई आ’त्मासाथ गरेको गु’ल्मपति सुमित्रा खत्रीको भनाइ छ ।२०७४ साउन १ गतेबाट स्था’पना भएको महिलामात्र रहेको गोरखकाली गु’ल्ममा हाल एक सय ८२ जना ज’वान (न’फ्रि) रहेका छन् ।

२०६० मा नेपाली सेना प्रवेश गरी अन्य सै’निक सरह तालिम र कार्यका साथै शा’न्ति सेनामा समेत आफ्नो जि’म्मेवारी सफलता पूर्वक सम्पन्न गरी हाल महिला गुल्ममा प्रमुखको भूमिका नि’र्वाह गर्दा धेरै कुरा सि’क्न पाएको गु’ल्मपति खत्रिको भनाइ छ ।

अन्य सै’निक, गु’ल्म, र पृ’तनाले जस्तै वि’शिष्ट व्यक्तिको सु’रक्षादेखि यस गु’ल्मले सबै काम महिलाबाटै गर्ने, गराउने गरेको र अन्य गु’ल्म, ग’ण र पृ’तनाभन्दा कत्तिपनि कमी नभएको सि’पाही रोशनी चौलगाईँको भनाइ छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको ब’दलिदो परिवेशलाई आ’त्मासाथ गर्दै महिला मात्रको गोरखकाली गु’ल्म स्था’पना गरेर इतिहास र’त्न सफल भएको छ । तर, आगामी दिनमा नेपली सेनाले यस गोरखकाली गु’ल्मलाई ग’ण र पृ’तनामा विकास गर्छ या गर्दैन भविष्यमा देखिने नै छ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close