समाचार

Breaking: नेपालमा आज पनि थपिए ३१५ जना कोरोना संक्रमित

काठमाडौं, नेपालमा आज पनि थप् ३ सय १५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१५ जनामा कोरोना पोजिटिभ देखिएको बताए। आज पुष्टि भएकाहरु झापा ,इलाम , सिरहा ,उदयपुर , मोरङ , सप्तरी , बारा , पर्सा , रौतहट , अछाम, कन्चनपुर , काठमाण्डौ, काभ्रे , रामेछाप , पर्सा , कास्की , सल्यान , बझाङलगायतका रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर ९३ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ रहेको छ।

Related Articles

Back to top button
Close