भिडियो

महानायक राजेश हमालको ‘जातको प्रश्न’ जातिय विभेद माथि अब राजेश हमालको यस्तो कदम (भिडियो हेर्नुहोस)

अन्तत महानायक राजेश हमाल जातिय विभेदमाथि बहस गर्ने कार्यक्रम ‘जातको प्रश्न’ को स‌ंचालक बन्ने भएका छन । अभिनेता राजेश हमालले प्रस्तुत गर्ने ‘जातको प्रश्न’ १२ एपिसोडको हुने पत्रकार सम्मेलनमा जानकारी आयोजकले दिएका थिए । ‘समता फाउण्डेसन’ले सुरु गर्न लागेको ‘टक सो’ मा राजेश हमालले विभिन्न क्षेत्रका विषिष्ठ मानिसलाई प्रश्न गर्नेछन् । तर ६ वटा एपिसोडपछि विभेद सहेकाहरुसँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले खुलाईन ।

पहिलोपटक यस्तो कार्यक्रम मार्फत् प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको र आफुले यसको सधै बिरोध गर्ने गरेको बताए । ‘हाम्रो सँस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,’ उनले भने, भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close