Saturday, February 22

इन्द्रेणी टिमलाई दिल्लीमा भव्य स्वागत

January 19, 2020 203

काठमाण्डौ ५ माघ । इन्द्रेणी टिमले आज नयाँ दिल्लीमा सांगीतिक प्रस्तुति दिदैं छ। इन्द्रेणी समाजका अध्यक्ष तथा कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा व्यवस्थापक प्रतिमा कंडेल र १२ जना कलाकार सहितको इन्द्रेणी परिवार

शनिबार नयाँ दिल्ली पुगेर आज ( आइतबार )भारतको नयां दिल्लीस्थित गृह कल्याण केन्द्र, एण्ड्रयुज गञ्जमा आयोजना हुने मदन भण्डारी क्रिकेट च्याम्पियनशिपको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा भारतका राजदुत सहित हजारौं दर्शकको उपस्थितिमा इन्द्रेणी टिमले आफ्नो दमाकेदार सांगीतिक प्रस्तुति दिइ रहेको छ।

यस्तै काठमाडौंमा रहेका इन्द्रेणी टिमका बाँकी कलाकारहरूले आज सिन्धुपाल्चोक जिल्लाको हेलम्बु स्थित मैना मा.बि. बिधालयको बार्षिको उत्सब कार्यक्रममा सांगीतिक प्रस्तुति दिइ रहेका छन्।

Loading...

प्रतिकृया दिनुहोस्