समाचार

नेपालमा कोरोनालाई जित्नेको संख्या बढ्दो, आज मात्रै थप २ सय २७ जनाले कोरोनालाई जितेर घर फर्के

काठमाडौं, साउन १५ । नेपालमा बिहिबार थप २ सय २७ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार २ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप २ सय २७ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

यसैबिच कोरोनाका कारण ज्यान गुमाएका मोरङका ४५ वर्षीय पुरुषकी पत्नीलाई पनि देखियो कोरोना संक्रमणको पुष्टि भएको छ ।कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएका सीमावर्ती मोरङको सुनवर्षी नगरपालिका९८ का ४५ वर्षीय पुरुषकी पत्नीको रिपोर्ट पनि पोजिटिभ आएको अस्पताल स्रोतले ओएस नेपाललाई जानकारी दिएको छ ।

स्रोतका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषकी ३२ वर्षीया श्रीमतीको पनि रिपोर्ट पोजिटिभ आएसँगै उनलाई आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।संक्रमित महिलालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको स्रोतले जनाएको छ । ती पुरुष गएका ठाउँ र ब्यक्तिको पहिचानका बारेमा अनुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button
Close