भिडियोसमाचार

‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनबाट चर्चा बटुल्न सफल सुशील गर्तौलाले ‘पहिलो यो माया’ बोलको गीत बजारमा ल्याएका छन् ।

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनबाट चर्चा बटुल्न सफल सुशील गर्तौलाले ‘पहिलो यो माया’ बोलको गीत बजारमा ल्याएका छन् ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको यो गीत सुशीलको स्वरमा रेकर्ड भएको पहिलो गीत हो । उनी ‘द भ्वाइस अफ नेपाल’को अडिसनमा यहि गीतको केही अंश गाएर छनोट भएका थिए । यो गीत गाएर अडिसनबाटै उनले भ्वाइसमा राम्रो छाप बनाएका थिए ।

यो गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेललाई फिचरर्ड गरिएको छ ।

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ ।

Related Articles

Back to top button
Close