अन्तर्राष्ट्रिय समाचार
गहिरो शोकमा बलिउड, प्रवेज खानको मृत्यु भएको केहि घण्टामै अर्की अभिनेत्री कुमकुमको पनि मृत्यु
काठमाडौ, साउन १३ । बलिउड चर्चित अभिनेत्री कुमकुमको निधन भएको छ । उनको मंगलबार बिहान ८६ वर्षको उमेरमा निधन भएको भारतिय मिडियाले जनाएका छन् ।
उनको निधनको खबरले बलिउड शोकको घडिमा पुगेको छ । त्यस्तै केहि दिन पहिला चर्चित कोरोग्राफिको निधन भएको थियो भने आज मात्रै अर्का एक्सन निर्देशक प्रवेज खानको पनि निधन भएको छ । उनको निधन प्रति बलिउडका कलाकारले श्रदान्जलि अर्पण गरेका छन् ।
अभिनेत्री कुमकुम बलिउड प्रवेश गर्नुअघि भोजपुरी फिल्म ‘गंगा मैया तोहे पियारी चढाईबो’ मा काम गरेकी थिइन्। बलिउडमा दर्जनौ भन्दा पनि बढि चलचित्रमा अभिनय गरेकी उनको जन्म २२ अप्रिल सन् १९३४ मा बिहारको शेखपुरामा भएको हो । उनले बलिउडका लोकप्रिय अभिनेता किशोर कुमारसँग पनि काम गरिसकेकी छिन्।