समाचार

‘भ्वाइस अफ नेपाल’की झुप्रीले किन आत्मह’त्या गर्न खोजिन् ?

काठमाडौं । अछामकी झुप्री भण्डारी अहिले दि भ्वाइस अफ नेपाल रियालिटी शोकी चर्चीत प्रतिस्पर्धी हुन् । दृष्टिविहीन झुप्रीले भ्वाइस अफ नेपालमा गाएको डेउडा गीत सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्यो । उनका भोगाइ र स्वरलाई दर्शकले आँशु झार्दै हेरे ।

उनै झुप्री भण्डारीले हामीसँग आफ्नो कहालिलाग्दो अनुभव साटेकी छिन् । घर र समाजले गरेको अत्याचार र विभेदले आफुले वि’ष सेवन गर्न बाध्य भएको बताएकी छिन् । ‘पलपल म’र्नभन्दा एक पटक म’र्न ठिक हुन्छ भनेर १३ वर्षको उमेरमा मुसाको वि’ष सेवन गरेकी थिएँ । तर, सयम नआएसम्म नम’रिदो रहेछ’, उनले भनिन्, ‘१४ वर्षको उमेरमा पनि मेटासिट खाएको थिएँ । तर, कालले पनि माया गरेन ।’ झुप्री अहिले ३० वर्ष पुगिन ।

दृष्टिविहिनी भएकै कारण उनलाई समाजमा राम्रो कपडा लगाउँदा पनि जिस्काउने, बाटोमा हिड्दा पनि उनलाई देखेपछि बाटो तल झर्ने, अनेक गाली गर्ने गर्थे । आफ्नो घरभित्रै पनि आफुले अपमान सहेर बचेका झुप्रीले बताएकी छिन । गीत गाउँदा पनि यस्तालाई गीत गाउन के रहर लाग्यो होला भन्दै गाउँलेले घृणा गरेपछि आफुले अरुको अगाडि गीत गाउँन छोडेको उनले बताएकी छिन् ।

दृष्टिविहिन भए पनि झुप्रीले घाँस, दाउरा काट्ने, खाना पकाउने, गाइबस्तुको स्याहार गर्नेजस्ता घरायसी सम्पूर्ण काम गर्थिन् । उनको कोही पनि साथी थिएनन् । यस्ता काम एक्लै गर्थिन् । त्यसरी गाउँलेको तिरस्कार सहेर बसेकी झुप्री अहिले नेपालीको लोकप्रिय गायिका बनेकी छिन ।

Related Articles

Back to top button
Close