समाचार

पूर्व राजा ज्ञानेन्द्र फेरी सक्रिय : यस्तो योजना लिएर थाइल्याण्डबाटै सिँधै भारत

काठमाडौ । पछिल्लो समय सरकार पूर्वशाही परिवारप्रति नरम भन्दा कडा रुपमा प्रस्तुत हुन थालेको छ । विशेष गरेर अहिले राजा आउँ, देश बचाऊ को नारा लगाउनेहरुप्रति सरकार आक्रोशित भएको छ । यो बीचमा लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह त्यहीबाट भारत जान लाग्नु भएको छ । आगामी मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली जान लागेको उनी निकट स्रोतले बताएको छ ।

नेपालबाट भारत जाँदा विभिन्न प्रकारका टिकाटिप्पनी हुने भएपछि पूर्वराजा थाइल्याण्डबाट भारतबाट जान लाग्नु भएको हो । पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय पूर्वराजाले भारतमा को सँग भेटघाट गर्नुहुन्छ वा धार्मिक भ्रमण खुलाइएको छैन ।

विश्व हिन्दू महासंघले दिल्लीमा एउटा कार्यक्रम राखेको छ । त्यही कार्यक्रममा भाग लिन पूर्वराजा भारत जान लागेको अनुमान गर्न थालिएको छ । विश्व हिन्दू महासंघले नेपालमा हिन्दू धर्ममाथी भएको आक्रमणका बिषयमा छलफल गर्ने भएको छ ।

Related Articles

Back to top button
Close