समाचार

विप्लव माओवादीले मदिरा बन्दको घोषणा गर्दै जारी गर्यो यस्तो कडा विज्ञप्ति

काठमाडौं । सरकारद्धारा प्रतिवन्धको सामना गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही जिल्लाहरुमा जन सरकार गठन गरेको छ । यस्तै, कालिकोट जिल्ला जनपरिषदले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ ।

जिल्ला जनपरिषदको तर्फबाट अर्जुन विकले शनिबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न जिल्लाबासी सबैमा अपिल गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
जारी विज्ञप्तीमा जनताको वैकल्पिक सत्ताको रुपमा स्थापीत जनपरिषदले समाजमा मौलाउदै गएको विकृति विसंगति, भ्रष्टचार, कमिसनतन्त्रका विरुद्ध संघष गर्दै आएको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘दुई वर्ष अगाडी देखी कालिकोटमा मदिरा नियन्त्रणका लागि पहल गर्दै आएको र विविध कारणले यो विचमा फेरी पनि मदिरा बेचविखन र सेवनको कार्य गरेको देखिन्छ । जसले गरिब जनतालाई यो वा त्यो रुपमा प्रत्क्षय रुपमा हानि पुर्याएको छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
त्यसैले अब देखि व्यापारी महानुभावहरुलाई मदिरा बेचविखनको कार्य नगर्न नगराउन यसै विज्ञप्ती मार्फत अपिल गर्दै घरेलु मदिराको लागि गाउँ टोल सर्च अभियान संचालन गरिने छ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा कुनै पनि हालतमा नियन्त्रण अभियानलाई आम कालिकोट निवासी आमा बुवा, दाजु भाई, दिदी बहिनी, व्यापारी, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौ भनिएको छ ।

Related Articles

Back to top button