अन्तर्राष्ट्रिय समाचार

अमिताभ बच्चनले अस्पतालको रहस्य खोल्दै भने अस्पतालमा डाक्टर नजिक नै पर्दैनन्, बिरामी देखे भाग्छन्

एजेन्सी । भारतीय सुपरस्टार अमिताभ बच्चन कोविड–१९ संक्रमणको शिकार बनेसँगै अहिले उपचाररत छन् । अस्पतालमा उपचार चलिरहेको छ र आइशोलेसनमा बसेर उपचार गरिरहेका बेला नै भारतीय मिडियाले निको भएको भन्ने अफवाहपछि नै उनले
मानसिक स्थितिमा परेको असर र भोगाइको बारेमा अनुभव एक ब्लग लेखेका छन् ।

अस्पतालको रहस्य खोल्दै अमिताभले भनेका छन् आफुलाई जाँच्ने डाक्टर पनि नजिक नआएको र भिडीयो च्याटबाट कुरा गरेको उनले बताएका छन् । चिकित्सकहरु बिरामी जाँच्नका लागि नजिक नै नभएको प्रशंक निकाल्दै अमिताभले भनेका छन् रिमोटबाट उपचार भएको, जहाँ डाक्टर धेरै कम परिस्थितीमा मात्र नजिक आएका थिए ।

उनले ब्लगमा लेखेका छन् उपचारपछि बाहिर निस्कदा मानसिक स्थिती फरक हुने, मानिसहरुबीचमा जाँदा डराउने र कसैले त फरक व्यवहार गर्नेछन् । अभिषेक बच्चन, ऐश्वर्या र आराध्या पनि अहिले कोरोना विरुद्धको लडाई अस्पतालमा नै बसेर लडेका छन् ।

Related Articles

Back to top button
Close