समाचार

स’मूदायस्तरमा फै’लियो कोरोना, घरबाहिर ननिस्कन अ’पिल !

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस(कोभिड१९) स’मुदाय स्तरमा फैलिएको भन्दै भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका उपायहरुलाई क’डाइका साथ लागू गर्ने निर्णय गरेको छ ।आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अ’पिल गरेको छ ।आइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका साथ स्वास्थ्य सुरक्षाका विषयमा क’डाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले नगर भित्र थप क’डाइका कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरक्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसंगै थप क’डाइका कार्यक्रम ल्याउनुपर्ने सरोकार सम्वन्धहरुले सुझाब दिएका थिए । यस संगै सीमा क्षेत्रबाट लुकीछिपी हुने आगमनलाई रोक्ने ,सिटि रिक्सामा दुरि कायम गर्नुपर्ने ,चोक ,बजारमा भि’डभाड गरेर लाग्ने पसल ब्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनु पर्ने ,सामाजिक दुरी कायम राख्नुपर्ने, भि’डभाड हुनबाट पूर्णरुपमा ब’न्देज लगाउने ,परिक्षणको दायरा बढाउन थप पहल गर्ने ,क्वारेन्टाइन थप बढाउने, आइसोलेसनलाई थप ब्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने ,आपतकालिन स्वास्थ्य सुरक्षामा थप ध्यान दिनका साथै कुनैपनि खालका सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा महानगरपालिकाले विषम परिस्थितिमा अत्याबस्यक काम बाहेक बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने मेयर पराजुलीले बताए । महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अब स’मुदायस्तरमा कोरोना संक्रमण पुगिसकेको बताउदै सतर्कता अ’पनाउनु पर्ने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबार सम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँ’च गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close