समाचार

आज १३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमान्डौ , नेपालमा आज थप १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मु’क्त भएका छन्। नेपालमा निको हुनेको दर ७०. ५ प्रतिशत रहेको गौतमले बताए।

अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृ’तक ४५ जनामा कोरोनाभाइरस देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ४२ हजार ४५७ जनाको पिसिआर प’द्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा १७ हजार ९०३ जना क्वा’रेन्टाइनमा छन् भने ५ हजार ४४० जना आ’इसोलेसन वार्डमा उपचाररत रहेका छन् ।

Related Articles

Back to top button
Close