समाचार

उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमण देखिएपछि लकडाउनको घोषणा

काठमाडौँ। कोरोनाभाइरसको संक्रमण पहिलोपटक उत्तर कोरियामा पनि देखिएपछि लकडाउनको घोषणा गरिएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाको सिमाना नजिक पर्ने केइसङ शहरलाई पूर्ण लकडाउन लगाउने निर्णय लिएका छन्।

कोरोनाभाइरसको संक्रमण पहिलोपटक भेटिएपछि उनले विषाणु भाइरस देश भित्र फैलिएको शंका गरेका छन्। यदि उक्त व्यक्तिलाई आधिकारिक रूपमा भाइरसको संक्रमण भएको पुष्टि भयो भने उक्त व्यक्ति उत्तर कोरियाको पहिलो संक्रमित व्यक्ति हुनेछन्।

यसअघि उत्तर कोरियाले दृढतापूर्वक आफ्नो देशमा कुनै पनि भाइरसको संक्रमण नभएको भन्दै आएको थियो ।

कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार संक्रमित व्यक्ति उत्तर कोरियाबाट भागेर दक्षिणतिर पुगेका थिए। गत हप्ताको शुरुवातमा उक्त व्यक्ति उत्तर कोरियातिर अवैध रूपमा सीमा पार गरेका थिए।

Related Articles

Back to top button
Close