Banner newsसमाचार

चितवनमा बस र ट्रक ठोक्कियो, दर्जन भन्दा बढी घाइते, यस्तो छ पछिल्लो अवस्था

चितवनमा सवारी दुर्घ*टना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घ*टना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घट*नामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : बाढीले मण्डु हाइड्रोेमा रु नौ करोड क्षति बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ ।रु चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले रु छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिनुभयो ।

निजी क्षेत्र र चाइनिज कम्पनीको संयुक्त लगानी निर्माण भएको सो कम्पनीमा मकवानपुरको भीमफेदी गाउँपालिका तथा ललितपुरको वाग्मती गाउँपालिकाका एक हजार ८०० जनाको शेयर छ । बाढीसंगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’ को ‘सिलटिङ बेसिन’ मा क्षति पु¥याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, बाढीका कारण कम्पनीको सिल्टिङ बेसिनको ‘इन–लेट’ गेटमा क्षति पुगेको तथा पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको र ढलानमा समेत क्षति पुगेको छ ।

साथै वाग्मती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुङ्गा, गिट्टी, बालुवा र माटो भरिदिएको कम्पनीका जनसम्पर्क अधिकृत दानीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको छ । साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button