समाचार

भोलि रातिदेखि धेरै ठाउँमा भीषण वर्षा हुने, बाढी पहिरोको जोखिम बढी हुने भएकाले सर्तक रहन आग्रह

काठमाण्डौ -भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार। मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोली राती देखी पानी पर्ने सम्भाबना रहेको हो । मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लगातार पानी पर्दा जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएकाले पहिले गएका पहिरो सक्रिय हुनसक्ने र जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि पहिरो खस्न सक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भए काले थप सर्तक हुनपनेए महाशाखाले आग्रह गरेको छ ।त्यस्तंै आज दिउँसो हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close