समाचार

पूर्व डिआईजी रन्जन कोइरालालाइ फेरि जेल हाल्ने सरकारको तयारी

काठमाण्डौ – पत्नी ह त्याको अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रन्जन कोइरालालाइ फेरि जेल हाल्ने सरकारले तयारी गरिरहेकाे छ। बिहीबार थुनामुक्त भएसँगै कोइरालाको मुद्दामा सरकारले पुनरावलोकनका लागि निवेदन दिएपछि यसकाे सबै तिर चर्चा चुलिएकाे छ। महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार बिहीबार मात्रै महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइराला थुनामुक्त प्रकरणमा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गर्नुकाे साथै फेरि जेल हाल्ने तयारी गरिरहेकाे छ।

धेरै बिरोध भएपछि महान्यधिवक्ता अग्नी खरेलले उक्त प्रकरणमा चासो देखाउँदै कानूनी प्रक्रिया थाल्ने कार्य अगाडि बढाएका छन्। सर्बोच्च आदालतको उक्त फैसाला त्रुटी छ भन्ने उनको ठहर रहेकाे स्राेतकाे भनाइ छ। सरकारबादी मुद्धा भएको कारणले फेरी पुनाराबलोकनको लागि निबेदन परेपछि यस विषयमा सार्वजनिक रूपमै बहस हुन थालेकाे छ। रंजन अहिले प्रहरी निगरानीमा छन्।

सर्वोच्व अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। कोइरालाले २०६८ पुस २७ गते पत्नी गीता ढकालको बुढानिलकण्ठमा ह त्या गरी श’व मकवानपुरको जंगलमा लगेर ज’लाएका थिए।

पत्नी गीता ढकाललाई ह त्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले कोइरालालाई पक्राउ गरेको थियो। घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वश्वसहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगे।

२०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सही भएको भन्दै सदर गर्‍यो। त्यसपछि उनले अन्तिम सहारा सर्वोच्च अदालत बन्यो। सर्वोच्चले पनि उच्च र जिल्लाकै निर्णय सदर गरेको भए रञ्जनले २० वर्ष जेल सजाय भुक्तान गर्नुपर्थ्यो। तर अदालतले कोइरालाको साढे ११ वर्ष कैद मिनाहा गरिदियो। श्रोत नेपाल आज

Related Articles

Back to top button
Close