समाचार

प्रेमिकाकोलागी ज्वाइले मेरी छोरीको ज्यान लिए कानुनले पनिछिट्टै छोडिदियो ,मेरी छोरिले न्याय पाइन (भिडियो हेर्नुहोस)

श्रीमानवाट ज्या’न गु’माएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान ख’तरामा छ भन्दै तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई तथा लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । प्रधानमन्त्री कार्यालयमा ज्या’न सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ९ दिन पछी ज्या’न लिए । गीतालाई श्रीमानले पहिला देखि नै तेरो ला’स गा’यब बनाउछु भनेर भन्ने गरेको उनका बुवाले भाबुक हुँदै बताएकाa छन् । अन्तत शसस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला जेलवाट छुटेपछि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चिन्ता छ ।

मेरी छोरिले न्याय पाइन कानुनले कुन आधारमा सजाय कम गर्यो ? छोरीको ज्या’न लिने रंजनबाट डर भयो हामीलाई । २०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए, राम्रो केटा राम्रो घर भनेर नहुने रैछ नियत ख’राब भएपछी कसको के लाग्छ । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिला ताराको प्रवेश भएपछि उनीहरुको सम्बन्ध वि’ग्रिएको थियो । त्यसपछि मेरी छोरी र नातीहरुले कहिले सुख पाएनन ।

यसै क्रममा अन्तर पार्टी महिला सञ्जालले सर्वाेच्च अदालतको संयुक्त इजलासले पूर्वडिआइजी रञ्जन कोइरालाको जन्मकैदको सजाय घटाएर आठ वर्ष छ महिना कैद सजाय तोकेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यसले न्यायालयको विश्वासनियतामा गम्भीर प्रश्न चिह्न खडा गरेको र कानूनी राज्यको खि’ल्ली उ’डाएको सञ्जालले उल्लेख गरेको छ । समितिले आज गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै महान्यायाधिवक्ताको कार्यालयबाट आवश्यकता ठानी पुनरावलोकनको प्रक्रिया अगाडि बढाइरहँदा निज कोइराला फरार हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

पूर्वडिआइजी कोइरालालाई श्रीमती गीता ढकालको ज्या’न लिएर श’व न’ष्ट गरेको दोषी ठहर गरी जिल्ला अदालत काठमाडौँले विसं २०७१ वैशाख ७ गते सर्वश्वसहित ज’न्मकैदको सजाय ठहर गरेको थियो र पछि पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतको सोही फैसलालाई सदर गरेको थियो ।

Related Articles

Back to top button
Close