समाचार

लकडाउनमा पनि कोरोनासँग नडराई अक्षय र करिनाले काम गरेर मज्जाले गरे आम्दानी, तर एउटा कुराले दियो अक्षयलाई तनाव

काठमाडौं । भारतीय सुपरस्टार अक्षय कुमार कोरोना कहरका बिचमा पनि विभिन्न कममा ब्यस्त छन् । कारोना कहरको समयमा विज्ञापन पनि एकपछि अर्को काम गरिरहेका अक्षयले बलिउडमा राम्रो आम्दानी गर्ने अभिनेतामा दह्रिएका छन् । भारतीइ कलाकारहरुमा लकडाउनको समयमा सर्वाधिक आम्दानी गर्नेमा अनुष्का शर्मा सबैभन्दा बढी विज्ञापनमा देखिएको जागरणले जनाएको छ। उनी स्वास्थ्य सुरक्षा र साबुनको विज्ञापनमा देखिएको समाचारमा उल्लेख छ।

त्यसैगरी विराट कोहली एकमात्र त्यस्तो सेलिब्रिटीका रूपमा देखिए, जो सबै टेलिभिजन च्यानलमा प्रतिदिन १० घण्टा विज्ञापनमार्फत देखिएका थिए। त्यस्तै अक्षय कुमार क्रमशः ९ घण्टा र करिना कपुर ८ घण्टासम्म विज्ञापनमार्फत देखिएका छन् । यसैबिच लकडाउनले अक्षय र नायिका क्याट्रिनालाई फिल्म सूर्यवंशीको रिलिजको समयमा भने तनाव नै दियो ।

प्रहरीको भूमिका निर्वाह गरेको अक्षय सिंघम र सिम्बा फिल्मको श्रृंखलाका रूपमा सूर्यवंशीमा अक्षयको मुख्य भूमिका छ। अक्षयबाहेक क्याटरिना कैफको पनि महत्वपूर्ण भूमिका छ। त्यस्तै सिम्बाका मुख्य अभिनेता रणवीर सिंह र सि‌घमका अजय देवगन फिल्मको क्लाइमेक्समा देखिएको निर्माण यूनिटले जनाएको छ । यो फिल्म रोहित शेट्टी र करण जौहर मिलेर बनाएका हुन्। फिल्मका धेरैजसो दृश्य बैंकक, हैदराबाद र मुम्बईमा खिचिएको छ। फिल्म कोरोनाका कारण प्रभावित बनेको छ ।

२४ मार्चमा रिलिज हुने तय भएपनि अन्यौलमा परेको छ । फिल्म प्रर्दशन हुने समयमा कोरोनाका कारण प्रभावित भएसँगै अक्षयले ट्वीटमा भनेका छन्, ‘वर्षभरी मिहिनेत गरेर तपाईँका लागि सूर्यवंशी बनाएका थियौँ।

दर्शकले ट्रेलरलाई माया गरे। यसले पुष्टि हुन्छ फिल्म दर्शकलाई प्रभावित गर्नेछ। हामी फिल्म तपाईँसामु पेश गर्न उत्सुक छौँ। कोरोना भाइरसको संक्रमणलाई लिएर फिल्मको रिलीज डेट अगाडि बढाउने निर्णय गरेका छौँ। फिल्म कोरोनाको समस्या समाधानपछि उचित समयमा रिलिज गरिने निर्माण यूनिटले जनाएको छ ।

Related Articles

Back to top button
Close