समाचार

कर्णालीका ६ हजार छोरीको बैंक खाता सरकारले नै खोलिदियो

काठमाडौं, साउन १० । कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रम मार्फत ६ हजार छोरीको बैंक खाता खोलिएको छ।

प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र समाजिक सुरक्षा दिन गत वर्ष उक्त कार्यक्रम ल्याएको खबर आजको गोरखापत्र दैनिकमा सुर्खेतबाट मुना हमालले लेखेकी छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार पाँच हजार नौ सय ४५ छोरीको बैंक खाता खालिएको हो।

प्रदेश सरकारले छोरी २० वर्ष नपुग्दासम्म पहिलो महिना एक हजार र मासिक पाँच सय रुपैयाँ जम्मा गरिदिने गरेको छ। २० वर्षमा एक छोरीको खातामा एक लाख २० हजार रुपैयाँ जम्मा हुन्छ।

Related Articles

Back to top button
Close