समाचार

कोरोना संक्रमणको आशंकामा उपचारत एक १७ वर्षिय युवतीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा उपचारत एक १७ वर्षिय युवतीको मृत्यु भएको छ । गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । बाराबो परवानीपुरकी ति किशोरीमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको आरडिटी परीक्षण पोजेटिभ आएपछि गण्डक अस्थायी कोभिड अस्पताल भर्ना गरि उपचार सुरू गरिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जैमुद ठाकुरले बताउनुभयो । उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले बताउनु भयो । मृतक युवतीको पिसिआर परीक्षणका लागि स्बाव संकलन गरि सकिएको र राति अबेरसम्म रिपोर्ट आईसक्ने जनाइएको छ ।

यो पनि : कोरोना हावाबाट पनि सर्न सक्छ

कोरोना संक्रमण हावाबाट सर्ने भन्दै ३२ देशका २ सय ३९ जना बैज्ञानिकले धारणा बनाउन विश्व स्वास्थ्य संगठनलाई दवाव दिइरहेका छन् । बन्द कोठा तथा हलमा कन्सर्ट गर्दा, चिच्याएर गाउदा हुटिंग गर्दा नाक मुखबाट भाइरस सर्ने हुँदा धेरै जना सर्न सक्छ ।

चिच्याएर गाउँदा, हुटिंग गर्दा तथा बोल्दा गह्रौं छिटा सतहमा खस्छन् भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा केही बेर तैरिइरहन्छ । हावामा झुण्डिएका ती कणहरु हावाले यताउता उडाएर लैजान सक्छ । त्यही कणसहितको वाहा भएको क्षेत्रमा रहको मानिसहरुले सास लिंदा ती कणहरु हाम्रो फोक्सोमा प्रवेश गर्दछन् ।

पहिले पहिले संक्रमण भएका मानिसको निश्चित दूरी नजिक आएपछि मात्रै संक्रमण फैलिन्छ भन्ने मान्यता रहिआएको थियो । तर अहिले पछिल्लो चरणमा ‘हावाबाट संक्रमण फैलिन्छ भन्ने अवधारणा आएकाले हामीले पनि ख्याल गर्र्न जरुरी भएको’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

Related Articles

Back to top button
Close