समाचार

चोलेन्द्रशमशेर जबरा र सपना प्रधान मल्लमाथि महाअभियोग लगाउन प्रस्ताव

काठमाडौं। ह’त्या अभियु’क्तलाई स’जाय कम गर्ने र धरौ’टीमा छाड्ने सर्वोच्च अदालतको फैसलाले यतिबेला नेपालमा न्याय म’रेको भन्दै आलोचना भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्ल जीवनमै सबैभन्दा बढी आलो’चित भएका छन्।
जबराले पत्नी गीता ढकाललाई ह’त्या गरेको अभि’योगमा जे’लमा रहेका सश’स्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइरालालाई साढे ११ वर्ष कै’द सजाय छुट गरिदिए ।

न्यायाधीश मल्लले बुढानिलकण्ठमा सडकमा हिँडिरहेकी गोरखाकी लीला देवकोटालाई कारले कु’ल्चेर मा’र्ने पृथ्वी मल्ललाई पाँच लाख ध’रौटीमा छाड्ने आदेश दिएकी थिइन्।
यी दुवै फैसलाले नेपालको न्यायपालिकाको साख गिराएको भन्दै जनस्तरमा दुवैमाथि महाअभियोगको माग उठेको छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले त प्रधानन्यायाधीश जबरालाई अप’राधको संरक्षक भएको आ’रोप लगाउँदै महाअभियोग लगाउन प्रस्ताव गरेर जबर्ज’स्त बहसमा ल्याइदिएका छन्।

वकालत गर्दागर्दै अहिलेका प्रधानन्यायाधीश ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नि’युक्त भएका थिए। उनी ०७१ जेठमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेका थिए । संसदीय सुनुवाइ समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए। उनलाई कांग्रेसले स्थायी न्यायाधीशका लागि सिफारिस गरेको थियो।

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्रशमशेर राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन्। उनी वीरशमशेरका पनाति हुन्। चोलेन्द्रशमशेर राणा वीरशमशेरका छोरा इन्द्रशमशेरका नाति हुन्। चोलेन्द्रका पिता युवराजशमशेर राजसभा स्थायी समितिका सदस्य थिए। तर, चोलेन्द्र राजनीतिमा लागेनन्।

यस्तै, भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेकी सपना प्रधान मल्ल अधिवक्ता र सांसद भएकै बेला न्यायाधीशमा सिफारिस भएकी थिइन् । उनलाई तत्कालीन एमालेले न्यायाधीशमा सिफारिस गरेको हो । उनी होलटाइमर पार्टी कार्यकर्ता हुन् । हिट एन्ड रन केसमा अभियुक्तलाई सफाइ दिएर उनले आफ्नो मात्र होइन, न्यायालयको नै साख गिराएको सर्वसाधारणले भन्न थालेका छन् । यतिबेला प्रधानन्यायाधीश जबरा र न्यायाधीश मल्ल दुवैलाई महाअभियोग लगाएर कारबाही गर्नुपर्ने आवाज उठेको छ।

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि यस्तै माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा योग्य, न्यायप्रेमी र देशको प्रतिष्ठाप्रति निष्ठावान सांसदहरूको कमी छैन भन्ने विश्वास छ । संविधान र संसद् नियामावली पल्टाउनूस्, न्यायको चिरहरण भएको यसरी टुलुटुलु हेरेर नबस्नूस् । महाअभियोगको व्यवस्था कसैलाई त’र्साउन वा राजनीतिक दाउपे’चका लागि मात्र होइन भन्ने प्रमाणित गर्ने यो उपयुक्त वेला हो । वुढानीलकण्ठ सवारी ह’त्या र रन्जन कोइराला प्रकरणबाट हाम्रो देशको न्यायिक अनुहारमा पोतिएको कालो हटाउनूस्।’

साे ट्वीटलाई अहिले रिजालले हटाएका छन् । सो ट्वीट हटाएका उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले फैसला गर्दछ । न्याय–अन्याय त हामी नांगो आँखाले छुट्याउन सक्छौं– रन्जन कोइराला र पृथ्वी मल्ल अ’पवाद होइनन् । मृ’तकको आत्मा हुन्छ भने त्यसले न्यायमूर्तिलाई पक्कै चिन्ला । न्यायको प्रतीकका रूपमा चिनाउँदा आँखामा पट्टि बा‘धेर हातमा तराजु समातेको चित्र चिनाइन्छ । तर, हाम्रो न्यायालयको आँखामा पट्टि रहेछ, हातमा तराजु रहेनछ।’

Related Articles

Back to top button
Close