समाचार

वीरगन्जमा अनिश्चितकालीन क ’ र्फ्यू , सबै अस्पताल ब ’ न्द

पर्सा। वीरगन्जमा अनिश्चितकालीन क’र्फ्यू लगाइएको छ । कोरोना सं’क्रमणको दर बढ्दै गएपछि भोली बिहान ५ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन नि’षेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

वीरगन्जमा रहेका निजी तथा सरकारी अस्पतालहरुमा लगातार कोरोना सं’क्रमण देखिन थालेपछि आजदेखि अकस्मिकबाहेकका सबै सेवा ब’न्द गरिएको छ । अस्पतालका स्थ्यकर्मी र बिरामीमा समेत कोरोना संक्रमण देखिन थालेपछि नेपाल चिकि’त्सक संघको आग्रहमा अस्पतालहरू ब’न्द गरिएको हो । वीरगन्जमा एक सरकारी र १२ निजी अस्पताल छन्।

यो पनि : कोरोना हावाबाट पनि सर्न सक्छ

कोरोना संक्रमण हावाबाट सर्ने भन्दै ३२ देशका २ सय ३९ जना बैज्ञानिकले धारणा बनाउन विश्व स्वास्थ्य संगठनलाई दवाव दिइरहेका छन् । बन्द कोठा तथा हलमा कन्सर्ट गर्दा, चिच्याएर गाउदा हुटिंग गर्दा नाक मुखबाट भाइरस सर्ने हुँदा धेरै जना सर्न सक्छ ।

चिच्याएर गाउँदा, हुटिंग गर्दा तथा बोल्दा गह्रौं छिटा सतहमा खस्छन् भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा केही बेर तैरिइरहन्छ । हावामा झुण्डिएका ती कणहरु हावाले यताउता उडाएर लैजान सक्छ । त्यही कणसहितको वाहा भएको क्षेत्रमा रहको मानिसहरुले सास लिंदा ती कणहरु हाम्रो फोक्सोमा प्रवेश गर्दछन् ।

पहिले पहिले संक्रमण भएका मानिसको निश्चित दूरी नजिक आएपछि मात्रै संक्रमण फैलिन्छ भन्ने मान्यता रहिआएको थियो । तर अहिले पछिल्लो चरणमा ‘हावाबाट संक्रमण फैलिन्छ भन्ने अवधारणा आएकाले हामीले पनि ख्याल गर्र्न जरुरी भएको’ जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

Related Articles

Back to top button
Close