समाचार

साम्राज्ञी विरुद्ध भुवनले दिए अदालतमा मुद्दा, सम्पर्कमा आइनन् साम्राज्ञी

काठमाडौँ । दुब्र्यवहार गरेको आरोप लगाउने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध अभिनेता भुवन केसीले अदालतको ढोका ढकढक्याएका छन् । फिल्मी क्षेत्रमा निकै लामो वहस चलेको यो विषय अन्तत अदालत पुगेको छ । राष्ट्रिय कलाकार संघले हेरीरहेको यो विषयमा कुनै टुंगो नलागेपछि अभिनेता केसी अदालत पुगेका हुन् । उनले जिल्ला अदालत काठमाडौंमा नायिका साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध ‘बे’इज्जती’ मुद्दा दर्ता गरेका छन्।

साम्राज्ञीले भुवन विरुद्ध अदालत जाने चेतावनी दिएकी थिइन् । तर उल्टै भुवन अदालत गएर आफुलाई लगाएको आरोप प्रमाणीत गर्न चुनौती दिएका छन् । चलचित्र ड्रिममा डेब्यु गराएकी साम्राज्ञीले यति ठूलो आरोप लगाएपछि उनले चलचित्र कलाकार संघमा निष्पक्ष छानविनको माग राख्दै निवेदन दर्ता गराएका थिए । उनले साम्राज्ञीलाई कुनै दु’ब्र्यवहार नगरेको बताएका छन् । सम्राज्ञीले चलचित्र सुटिगंका क्रममा आफु माथि दु’ब्र्यवहार भएको र त्यही विषयमा फेरी जापानमा भएको एक कार्यक्रममा भुवनले कुराकानी गर्दा उस्तै ब्यवहार देखाएको आरोप लगाएकी छन् ।

जापानमा भएको कार्यक्रममा अब यो विषयलाई यहिँ विट मा’रौं भन्दै भुवनले आफ्नो अनुहार नजिकै मुख ल्याएर नराम्रो ब्यवहार देखाएको साम्राज्ञीको आरोप छ । आफुलाई त्यस्तो आरोप लगाउने साम्राज्ञी विरुद्ध भुवनले शुक्रबार ‘बे’इज्जती’ मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालत काठमाडौँमा पुगेर मुद्दा दर्ता गराएको सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताएका छन् ।

नायिका साम्राज्ञीले चलचित्रमा काम गर्दा आफु माथि भुवनले दु’ब्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेपछि यो विषयले वि’वादको रुप लिएको थियो । सुरुमा भुवनको नाम नलिएर भिडियो पोष्ट गरे पछि त्यसमा भुवनले प्रतिकृया जनाएका थिए । भुवनले ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने’ भन्दै फेसवुकमा स्टाटस लेखेपछि साम्राज्ञीले यो सबै कुराको कारण भुवन भएको भन्दै भुवनको नाम लिएर अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । यो विषयमा कलाकाहरु पनि दुई पक्षमा विभाजन भएका छन् ।

साम्राज्ञीले आफुले अब मिडियामा अन्तरवार्ता नदिने र यो विषयलाई अब लम्ब्याउन नचाहेको बताएकी छन् । त्यसैले उनी आफ्नो ब्यक्तिगत ह्याण्डलवाट मात्र आफ्ना भनाई सार्वजनिक गर्दै आएकी छन् । भुवन भने आफ्ना कुरा मिडियामा राख्दै आएका छन् । चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले वकिल मार्फत आफ्नो जवाफ पठाएकी थिइन् । शुक्रबार साम्राज्ञीविरुद्ध दर्ता भएको खबर सार्वजनिक भएपछि पनि साम्राज्ञी सम्पर्कमा आएकी छैनन् ।

Related Articles

Back to top button
Close