समाचार

२४ घण्टामा १०७ संक्रमणमुक्त, हालसम्म १२ हजार ९४७ ले जिते कोरोना

काठमाडौँ, साउन ९ । नेपालमा थप १ सय ७ कोरोनालाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७ जनाले कोरोनालाई जितेर घर फर्केका हुन् । योसँगै हालसम्म नेपालमा १२ हजार ९ सय ४७ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप थप १ सय ३३ संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै यसअघि बिहिबार १ सय ५६ जनाले कोरोनालाई जितेर घर फर्केका थिए भने १ सय ४७ जनामा संक्रमणको पुष्टी भएको थियो । पछिल्ला दिनमा नेपालमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढ्दो छ ।

Related Articles

Back to top button
Close