समाचार

१० रुपैयाँ दिएर बालिकामाथि ब’लात्का’र, वृद्ध प’क्राउ

विराटनगर। मोरङको केराबारी गाउँपालिकामा फरक क्षमता (अपांगता) भएकी बालिका ब’लात्कृ’त भएकी छन् ।ब’लात्का’रमा संलग्न भएको आरोपमा प्रहरीले एक वृद्धलाई बिहीबार राति प’क्राउ गरेको छ । शा’रीरिक रुपमा अ’पांगता रहेकी १५ वर्षीया बालिकालाई ब’लात्का’र गरेको घट’नामा संलग्न रहेको पाइएपछि केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

प्रहरीले राति १० बजे प’क्राउ गरेर लिम्बूलाई कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएको छ । ब’लात्का’र गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध प’क्राउ परेका हुन्।

लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर बालिकामाथि ज’बर’जस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि ब’लात्का’र गरेको खुलेको छ।

प्रहरीका अनुसार बालिकाको शरीरको एउटा पाटो चल्दैन । उनी राम्ररी बोल्नसमेत सक्दिनन् । बालिकाका अभिभावकले ब’लात्का’रमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा कि’टानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने एसपी खड्काको भनाइ छ।

Related Articles

Back to top button
Close