भिडियो

प्रचण्डका दुई नातिनीहरु संगै मिडियामा, हजुरबुवासंग नाम जोडेर के के लेख्छन् भन्दै पोखे गुनासो

काठमाण्डौ – स्मीता दाहाललाई अब सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामवाट चिनिनु जरुरी छैन । उनको आफ्नै छुट्टै पहिचान छ । प्रचण्डको नातिनी स्मीता बाल्यकाल देखि नै गीत संगीत क्षेत्रमा सकृय छन् । कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लदा उनी जम्माजम्मी ११ बर्षकी बालिका अहिले निकै चर्चित भएकी छन् ।

त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत, साधनामा छिन् । यसबीचमा पाँच दर्जन गीत रेकर्ड गराइसकिन् । तर, आजको दिनसम्म उनलाई चिनाउन हजुरवुवा प्रचण्डको नाम जोडिन्छ । आफ्नै नामले चिनिन चाहने उनलाई हजुरवुवाको नाम जोडिदा पनि खुसी लाग्छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी हुन् । ११ वर्षको उमेर देखि नै सार्वजनिक स्थलमा प्रस्तुती दिन थालेकी उनी अहिले २० बर्षकी भइन् । , केएमसी कलेज ग्वार्कोबाट विविए अध्ययनरत उनको रुची नै गाउने र नाच्ने हो ।

उनको व्यवसायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाएकी छिन् । त्यो पनि दर्जनौं । एकल संगीतिक प्रस्तुत दिइसकेकी छिन् । तीन वटा एल्बम सार्वजनिक भइसकेको छ, स्मिता, स्मिता९२ र रागिनी । शास्त्रिय संगीत सिकिरहेकी छिन् ।

स्मिताको स्वरवद्ध गीतको भिडियो ‘पानी कुवा’को कुनैबेला युट्युवको ट्रेन्डिङमा थियो । । भिडियोमा कार्टुन्ज क्रु, प्रियंका कार्कीलाई फिचरिङ गराइएको छ । गीतमा स्मितालाई साथ दिएका छन्, सरोज ओलीले । दिनेश थपलियाले लेखेको, वसन्त सापकोटाले संगीत दिएको यो डान्सिङ नम्बरले स्मितालाई बढी चर्चामा ल्याएको छ । सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिएको छ ।‘उनको गीतमा हजुरवुवा प्रचण्डले पनि निकै चासो देखाउने उनी बताउँछिन् ।

उनी आफ्नो साथी बहिनीसंग निकै रमाउने बताएकी छन् । सानी बहिनी मेरो साथी जस्तै भएको छ, स्मीता भन्छिन् सानो भएपनि त्यस्तो फिल हुँदैन । उनको सानी बहिनीले पनि दिदीको गीत आफुले सुनेको र सबै राम्रो लाग्ने गरेको बताएकी छन् । उनले आफुलाई मन पर्ने गित सुनाउँदा रिलिज नै नभएको गित सुनाउँदा दिदी स्मीता हाँसेकी छन् । स्मीता समय खाली भएको बेलामा बहिनीसंगै खेल्ने गरेको बताउँछिन् । स्मीता भन्छिन्, म स्याड भएको बेलामा उसले आएर मलाई सम्झाउँछ । उनको भर्खरै मायालु तिमी कता छौ गीत सार्वजनिक भएको छ । गितवाट आफु निकै आशावादी भएको पनि बताइन् ।

Related Articles

Back to top button
Close