भिडियो

महानायक विवाद पछि पहिलो पटक अन्तरवार्ता दिँदा यसरी भक्कानिए राजेश हमाल, बोल्नै नसकेर गला रोकियो (भिडियो हेर्नुस्)

काठमाडौं । महानायक राजेश हमाल अहिले उनको महानायक पदवीलाई लिएर चर्चामा छन् । उनको महानकयक पदवीलाई लिएर दिपाश्री निरौलाले टिप्पणी गरेपछि चर्चा सुरु भएको हो । उनले महानायक हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसंग तुलना गर्दै अमिताभ अहिले सम्म काम गरिरहेको तर हमाल भने अहिले फिल्म क्षेत्रमा नभएका कारण उनलाई महानायक भन्न नमिल्ने टिप्पणी गरेकी थिइन् । एउटा टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा उनले त्यसो भनेका कारण उनी निकै विवादित बनिन् ।

दर्शकले मायाले दिएको महानायक पदवी माथि प्रश्न उठाएका कारण उनलाई सामाजिक स्तरवाट नै निकै आलोचना भयो । उनी डिप्रेशनमा समेत पुगीन् । धेरै लामो समय सम्म पनि दिपा माथि प्र हार हुन नछोडे पछि महानायक हमालले भिडियो सामग्री सार्वजनिक गर्दै कसैमाथि पनि आलोचनामा नउत्रन आग्रह गरे । उनले दिपाको नाम नलिएरै गल्ती गर्नेलाई माफी दिन आग्रह गरे । उनले आफुमाथि टिप्पणी गर्नेलाई माफि दिन भनेका थिए । तर पनि अझै दिपालाई आलोचना गर्नेको संख्या कमी छैन ।

सामाजिक सञ्जालमा कलाकारहरुले पनि उनको महानाकय पदवी माथि वहस सुरु गरे । कलाकारहरुले दशक सम्म फिल्म क्षेत्रलाई मोड दिन सफल कलाकारलाई महानायक पदवी दिँदा आलोचना गर्न नहुने अभिब्यक्ति दिए । महानाकय हमालले एक छत्र राज गर्दा फिल्म बनाउने निर्देशक र फिल्म निर्माताहरुले महानायक हमालकै कारण अहिले नेपाली चलचित्र यो अवस्था सम्म आइपुगेको र उनकै कारणले हजारौं चलचित्र मजदुर र चलचित्रमा आश्रीतहरुको जिवन चलेको बताएका थिए । आफुमाथि लामो समय चर्चा भएपछि पहिलो पटक टेलिभिजन अन्तरवार्तामा आएका महानायक हमाल निकै भावुक भएका छन् ।

अन्तरवार्ताकारले फिल्म क्षेत्रलाई रोज्नुको कारणवारे प्रश्न गर्दा हमाल एकाएक भावुक बने । उनी केही बेर बोल्नै सकेनन् ।महानाकय हमालको परिवार एक विशिष्ट परिवार भएका कारण बाल्यकाल सामान्य नेपालीको जिवन शैली अनुसार बाँच्न नपाएको तर कलाकारीतामा आएपछि नेपालीको सामान्य जिवनलाई नजिकवाट हेर्ने र चिन्ने मौका पाएकोले आफु निकै भाग्यशाली सम्झेको बताउँदा उनी भक्कानिएका थिए । उनले अन्तरवार्ताका क्रममा आफु प्रति फ्यानले देखाएको माया र समर्पपणको पनि चर्चा गर्दा भावुक बने ।

Related Articles

Back to top button
Close