भिडियो

लकडाउनको भयावह दृष्य : भोक मेटाउन बाबुले छोरीलाई ७१ हजारमा बेचिदिए [भिडियोसहित]

काठमाडौं । मान्छेलाई गरिबीले केसम्म गर्न वाध्य गराउँछ भन्ने पछिल्लो उदाहारण फेला परेको छ । भारत, आसाममा एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ । त्यहाँ एक जना मानिसले ४ महिनाकी छोरीलाई ७१ हजार ५९५ रुपैयाँमा बेचेको घटना बाहिर आएको छ । आसाम राज्यको कोक्राझार जिल्लामा यस्तो घटना भएको हो । यो घटनामा खुलासा भएको छ कि कोरोनामा लकडाउनका कारण, आर्थिक रुपमा एक परिवार यतिसम्म वाध्य भयो कि उनीहरूले आफ्नी छोरीलाई बेच्न बाहेक कुनै विकल्प देखेनन् । बच्चा बेच्न अरु कोही नभएर उस्कै पिता हुन् ।

लकडाउनमा तीन बच्चाहरूको बुबाले धेरै चुनौतीहरुको सामना गर्नुपर्‍यो र कमाईका सबै साधनहरू बन्द भइसकेका थिए । कमाईका सबै श्रोत बन्द भएपछि सम्पूर्ण परिवार भयानक गरीबीमा परेका थिए । पछिल्लो चार महिनाको बेरोजगारीले ति बाबुलाई आफ्नो छोरीलाई बेच्न बाध्य तुल्यायो । ति व्यक्तिको नाम दीपक ब्रह्मा हो जो एक आप्रवासी मजदुर हुन् । दीपक गुजरातमा काम गर्थे तर लकडाउन पछि उनी आसाम जानु परेको थियो । उनीसँग जति पैसा बाँकी थियो, उनले गुजरातबाट फर्कनका लागि खर्च गरेका थिए ।

घर पुगेपछि उनीसँग न त पैसा थियो न कुनै रोजगार नै थियो । यस्तो अवस्थामा उनीहरुलाई घरमा एक छाक खानका लागि पनि समस्या उत्पन्न हुन थालेको थियो । त्यो अवस्थामा दीपकलाई आफ्नी छोरी बेच्नु बाहेक अरु विकल्प देखिएन् । दीपकले ती बालिकालाई बेचे, तर स्थानीय एनजीओको घटनाबारे जानकारी पायो । यो एनजीओले कोकराझार प्रहरीसँग सम्पर्क गर्‍यो र बालिकाको उद्धार गर्‍यो ।

दीपकका गाउँलेहरूले पनि यस काममा सहयोग गरेका छन् । प्रहरीले तुरुन्तै ती बालिकालाई किन्ने वा किन्न सहयोग गर्नेलाई नियन्त्रणमा लियो । यस घटनामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आईपीसीको धारा ३७० अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका तीन व्यक्तिमध्ये एक बालिकाका बाबु पनि हुन् । यस बाहेक, एक दलाल र बालिका खरिद गर्न खोज्ने व्यक्ति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । भिडियो अपलोड हुँदैछ ।…

Related Articles

Back to top button
Close