समाचार

फेरि हति’यारसहित नेपाल पसेर निर्माण रोक्यो भारतीय एसएसबीले

महेन्द्रनगर। ह’तियार सहित भारतीय एसएसबि नेपाल प्रबेश गरी नेपाली भ’मिमा भैईरहेको निर्माण कार्यमा रोक लगाएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा सिद्धनाथ सामुदायिक वनको जग्गामा तारबार गर्ने क्रममा भारतीय एसएसबीले ह’तियारसहित नेपालभित्र प्रवेश गरेर निर्माण कार्य रोकेको छ।

एसएसबीले सो क्षेत्र आफनो हो भन्दै निर्माण कार्य रोकेको हो। २४ हेक्टर क्षेत्रफल रहेको सो सामुदायिक बनमा २०५५ सालमा गरेको तारजाली जीर्ण भएपछि बनले सो क्षेत्रमा फेरी तारजाली लगाई रहेको थियो।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close