समाचार

मृ ’ तकका पिता भन्छन् : ‘ सर्वोच्चले मान्छे मा ’ र्न मिल्ने सन्देश दियो , अब कानुनसँग डर रहेन ’

काठमाडौं। श्रीमती गीता ढकालको ह’त्या गरी सर्वस्वसहित जन्मकै’दको स’जाय तोकिएका पूर्व-डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले स’जाय घ’टाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पी’डित परिवारले बताएको छ। सर्वस्वसहित जन्मकै’दको स’जाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्षमै सजाय पूरा हुने फैसला गरेपछि पी’डित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो।

स’शस्त्र प्रहरीका पूर्व-डिआइजी कोइराला बिहीबार रिहा भएपछि पी’डित गीता ढकालका बुवा हरेराम ढकालले न्यूज एजेन्सी नेपाल सँग कुराकानी गर्दै यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए। मान्छे मारेको घट’नामा जन्मकै’द तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अ’पराध बढ्ने उनले बताए।

‘मान्छेलाई मा’रे पनि हुने रहेछ भन्ने सन्देश गयो। अब के ड’र भयो र?’, उनले भने, ‘जघ’न्य अ’परा’धमा कानुनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने यस्तो न्यायालयको त्रु’टिले समाजमा राम्रो सन्देश जाँदैन।’ सर्वस्वसहित जन्मकै’दको फैसला साढे ८ वर्षमा पूरा हुने भए किन २०, २५ वर्ष राख्नुपर्यो भन्दै उनले प्रश्न गरे। श्रीमती गीता ढकालको ह’त्या अभियोगमा २०६८ साल माघ ८ गते प’क्राउ परेका कोइरालालाई घट’नाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वस्वसहित जन्मकै’दको फैसला सुनाएको थियो।

उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो। फेरि उनी सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्व-डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकै’द फैसला उल्ट्याएर साढे ११ वर्ष कै’द मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन्।

Related Articles

Back to top button
Close