भिडियो

तीन बालकको डु’बेर ज्यान गयो, सिङ्गो गाउँ शो’कमा(भिडियो)

झापा । स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारको ल’ापरवाहीले तीन जना बालकको ज्या’न गएको भन्दै भद्रपुर २ का स्थानीयले वि’रोध गरेका छन् ।
भद्रपुर नगरपालिका २ स्थित निर्माणाधिन कमलधाप सीमसार क्षेत्रमा डु’बेर स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको मृ’त्यु भएको थियो ।

तीन बालकको मृ’त्युको कारण स्थानीय सरकार, सीमसार व्यवस्थापन र ठेकेदारको ला’परबाही भन्दै स्थानीयले श’व उठाउन मानेका छैनन् ।
अंकुशको श’व हिजो राति डुबिरहेको अबस्थामा फेला परेको थियो भने करण र उनका भाइ अर्जुनको श’व आज फेला पारिएको हो ।

तालिमप्राप्त गोताखोरको सहयोगमा सीमसार क्षेत्रमा खनिएको पोखरीमा हिलोमा गाढिएको अवस्थामा ती दाजुभाइको श’व बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

सीमसारको नाममा पोखरी खनेर लथालिङ्ग पारेर छोडेपछि डु’बेर बालकहरुको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । त्यस घ”टनाको जिम्मेवारी स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारले लिनुपर्ने उनीहरुको माग छ ।

‘स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारले घ’टनाको जिम्मा लिनुपर्छ’ समर थुलुङ राईले भने । क्षतिपूर्ति र कार्बाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका छन् ।
हिजो दिउँसो खेल्न गएका ती बालकहरु सीमसारभित्र डु’बेका थिए । खनेर लथालिङ्ग पारेर छोडिएको सो सीमसार घेरावारा गरिएको छैन । त्यहाँ रेखदेख गर्ने पनि कोही नरहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close