समाचार

भारतीय भन्छन् ‘सिमाना खोलौं’ : नेपाली भन्छन् ‘नेपाल-भारत सिमा अझ कडाइका साथ सिल गरौं’

नेपालगन्ज । कोरोना फैलन नदिन सरकारले गरेको लकडाउन र सिमा नाका बन्द भएका कारण भारतीय सिमावर्ती वजारको ब्यापार चौपट भएको छ । नेपाली ग्राहकको भरमा चलेको ब्यापार सिमा बन्द भएका कारण चौपट भएको हो । ब्यापार बन्द भएका कारण आर्थिक नोक्सानी भोग्दै आएका सिमानाका ब्यापारीहरुले सिमानामा लगाएका सिल हटाउन माग गरेका छन् ।

बाँकेको नेपालगन्ज सिमानामा रहेको भारतीय वजार रुपैडिहाको ९० प्रतिशत ब्यापार नेपाली ग्राहकले धानिदिएका छन् । कतिपय ब्यापारीहरुको नेपाल र भारत दुवै तिर पसल छन् । नेपाल भारत सीमा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सीमा क्षेत्रको भारतीय रुपैडिहा बजार प्रभावित भएको छ ।

पूर्णरुपले नेपाली ग्राहकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण नेपाली ग्राहक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्रभावित भएको हो ।

लकडाउनको बेलामा किनमेलको लागि रुपैडिहा जान नपाउने भएपछि नेपालीहरु आफ्नै ठाउँमा किनमेल गर्दै आएका छन् । नेपालगन्जको ब्यापार चल्न थालेपछि गुणस्तरीय सामान समेत पाउन थालिएको छ । यसले ब्यापारी र ग्राहक दुवै खुसी छन् । त्यसैले अब नेपाल भारत सिमालाई अझ बढि कडाईका साथ बन्द गर्नुपर्ने नेपालगन्जका ब्यापारीहरुले बताएका छन् । यो हाम्रो लागि राम्रो अवसर पनि हो सीमा अझै कडा पारीनु पर्छ नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना भन्छन् ।

उनले मानिसहरुमो रुपैडिहामा सस्तो सामान पाईने भ्रमका कारण जाने गरेको तर उनी पूर्णरुपमा ठगिएर कम तौल र कम गुणस्तरको सामान लिएर आउने गरेको बताउदै सीमा क्षेत्र अझ व्यवस्थित र कडा पानुपर्र्ने बताए ।

भारतमा पुर्णरुपमा लकडाउन खुले पनि नाकासिल भएकाकारण नेपाली ग्राहक रुपैडिहा बजार नगएपछि त्यहाँको बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु भोकमरीको अवस्थामा पुग्ने अवस्था आएको गुनासो समेत गर्न थालेका छन् । उत्तरप्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय मित्तलले नाका सिल भएकै कारण रुपैडिहाको बजार प्रभावित भएको भन्दै नेपाली ग्राहक रुपैडिहा बजार आउने बाताबरण बनाईदिन आग्रह समेत गरेका छन् ।

‘समयमै नाका नखुलाय व्यापारीले आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो नाका खोल्न दुबै सरकारले ध्यान दिनुपर्छ’–उनले भने । लकडाउनको बेलामा पनि आयात निर्यात जारि रहे जस्तै ग्राहकहरुलाई पनि आउन जान दिईनुपर्ने रुपैडिहा व्यवपार मण्डलका महामन्त्री संजय कुमार वर्माले बताए । लकडाउनका कारण महिनौदेखि बन्द भएको पसलमा राखेका जति सबै सामान विग्री सकेको किराना व्यावसायी बताउछन् ।

यस पटक आँपको राम्रो उत्पादन भएपनि ग्राहक नेपालबाट नगएपछि आँप कौडिको भाउमा विक्रि भैरहेको व्यावसायी सोनु बताउछन् । रुपैडिहा बजार नेपालबाट किनमेल गर्न जाने ग्राहकका भरमा चल्ने बजार हो । सदरलाइनवाट

Related Articles

Back to top button
Close