समाचार

महानायक राजेश , विराज र निखिलको अभिनय रहेको ‘खलनायक’ को सिक्वेल बन्ने पक्का, अर्को महिनाबाट छायांकन हुने

काठमाडौँ, साउन ८ । महानायक राजेश हमाल र विराज भट्ट र निखिल उप्रेतीको अभिनय रहेको चलचित्र ‘खलनायक’ को सिक्वेल बन्ने भएको छ ।

उक्त चलचित्रमा राजेश हमाल र विराज भट्ट र निखिललाई देख्न सकिन्छ । ऋषि न्यौपानेको निर्देशन रहेको त् ‘खलनायक’ को सिक्वेलको निर्देशन गोविन्द सिंह भण्डारीले गर्ने भएका छन् ।

मौनता श्रेष्ठको कथा रहेको यस चलचित्रको आगामी भदौबाट छायांकनको तयारी गर्ने निर्माण यूनिटले वजनाएको छ ।

राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको मुख्य अभिनय रहेको चलचित्रमा सिक्वेलमा खेल्ने कलाकारहरुको भने अझै टुंगो लागिनसकेको निर्माता रोज राणाले ओएस नेपालालाई जानकारी दिए । अन्य कलाकारहरुको टुंगो लागिनसकेको भएता पनि विराजलाई भने दोहोर्याउने निर्माण यूनिटको तयारी रहेको छ ।

Related Articles

Back to top button
Close